जनहितकारी सहकारी झापाकाे दक्षिणी क्षेत्रमै एउटा उदाहरणीय

भेषराज नेपाल 45+ समाचार ( )
२८ जेठ २०८३, बिहीबार

झापा / मुलुकभर कतिपय सहकारीहरू संकटमा परेर बचतकर्ताको बिचल्ली भइरहेका बेला झापाको कचनकवल गाउँपालिका वडा नम्बर ६ बनियानी बजारमा मुख्य कार्यालय रहेको जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भने वित्तीय पारदर्शिता र लोभलाग्दो जनमुखी कार्यक्रम ल्याएर सहकारी क्षेत्रमै एउटा उदाहरणीय कीर्तिमान कायम गरेको छ।

कचनकवल क्षेत्रका कुल १ हजार ६०५ जना सक्रिय सदस्यहरूको प्रगाढ विश्वास जित्न सफल यस संस्थाले व्यावसायिक नाफा कमाउने परम्परागत उद्देश्यभन्दा माथि उठेर स्थानीय नागरिकको स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारमा प्रत्यक्ष राहत पुग्ने गरी ऐतिहासिक सामाजिक सुरक्षाका प्याकेजहरू घोषणा गरेको हो। संस्थाको बलियो वित्तीय अवस्थालाई हेर्दा हाल यससँग ६ करोड ८ लाख ७३ हजार ३१७ रुपैयाँ कुल बचत मौज्दात रहेको छ भने सदस्यहरूको व्यावसायिक तथा कृषि क्षेत्रको प्रवर्धनका लागि ८ करोड १३ लाख ९ हजार २४० रुपैयाँ कर्जा लगानी गरिएको छ। सहकारीले सम्भावित वित्तीय जोखिमलाई मध्यनजर गर्दै र संस्थालाई सुरक्षित राख्नका लागि गत आर्थिक वर्षसम्ममा मात्रै ३५ लाख ८१ हजार ५९१ रुपैयाँ बराबरको ठूलो जोखिम रकम कोष (Risk Fund) समेत खडा गरिसकेको छ।

संस्थाका व्यवस्थापक रवि लाल सापकोटाका अनुसार सहकारीले आफ्ना सदस्यहरूलाई आर्थिक रूपमा मात्र नभई व्यक्तिगत जीवनमै सुख-दुःखको साथी बन्ने गरी विशेष सुविधाहरू कार्यान्वयनमा ल्याएको छ। व्यवस्थापक सापकोटाले दिएको जानकारीअनुसार संस्थामा पचास हजार रुपैयाँ बराबरको सेयर खरिद गरेर थोरै रकम भए पनि नियमित बचत गर्ने र एक वर्षे आवधिक बचत (Fixed Deposit) गर्ने सदस्यहरूको नेपाल सरकारको स्वास्थ्य बीमा संस्थाले पूर्ण रूपमा निःशुल्क गरिदिनेछ। यो सुविधा एकै परिवारका सदस्यहरूले मिलेर खाता खोलेको अवस्थामा समेत लागू हुनेछ। त्यति मात्र नभई, संस्थाका सदस्यहरूका परिवारभित्र कोही सुत्केरी भएमा उनीहरूको स्वास्थ्य र स्याहारका लागि संस्थाको तर्फबाट पोषण बापत नगद एक हजार पाँच सय भत्ता उपलब्ध गराइनेछ भने नवजात नाबालकको नाममा सहकारीमै पहिलो खाता खोलिदिएर संस्थाको तर्फबाट उपहार स्वरूप नगद पाँच सय रुपैयाँ सुरुमै जम्मा गरिदिने व्यवस्था मिलाइएको छ।

यसका साथै विपद् र गम्भीर बिरामी पर्दा सदस्यहरूलाई ठूलो आर्थिक राहत पुर्‍याउने उद्देश्यले संस्थाले स्वास्थ्य क्षेत्रमा अर्को कडा कदम चालेको छ। आफ्ना सेयर सदस्यहरूमध्ये कसैलाई पनि नेपाल सरकारले निर्धारण गरेका ९ वटा घातक रोगहरू (जस्तै क्यान्सर, मिर्गौला फेल, मुटुको गम्भीर रोग आदि) मध्ये कुनै एक रोग लागेको प्रमाणित भएमा सहकारीले तत्कालै नगद १० हजार रुपैयाँ उपचार राहत सहायता उपलब्ध गराउनेछ भने सेयर सदस्यको परिवारका अन्य सदस्यलाई त्यस्तो रोग लागेमा समेत तत्काल नगद ५ हजार रुपैयाँ आर्थिक सहयोग दिइने व्यवस्थापक सापकोटाले बताएका छन् । वित्तीय सूचकमा देशभरिकै उदाहरणीय बन्दै र कचनकवलवासीको स्वास्थ्य, शिक्षा एवं सामाजिक सुरक्षाको वास्तविक सारथी बनेर जनहितकारी सहकारीले प्रस्तुत गरेको यो मोडलले अहिले पूर्वी नाकामा सहकारीप्रतिको जनविश्वास झन् कसिलो बनाएको छ।


 

प्रतिक्रिया

जनहितकारि बचत तथा ऋण सहकारी संस्था लि. कचनकवल ६ झापा २८ जेठ २०८३, बिहीबार

यसरीनै अन्य सदस्यमुखि योजना हरु ल्याउने प्रतिबद्धता

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार