मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

अर्जुनधारा जलेश्वरधाममा महायज्ञ शुरु

देश प्रदेश डेस्क 5492+ समाचार ( )
८ मंगशिर २०८१, शनिबार

झापा  ।  झापाको अर्जुनधारा जलेश्वर धामले धर्मगुरुहरुलाई बोलाएर अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञ शुरु गरेको छ ।

४२औं बार्षिक अनुष्ठानअन्तर्गत धामले आयोजना गरेको महायज्ञको श्री १००८ स्वामी कालीबाबा र श्रीकृष्ण प्रणामी धर्मका मंगलधाम कालिम्पोङका गादीपति गुरुजी श्री १०८ मोहनप्रियाचार्यले आज संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि १००८ स्वामी कालीबाबाले अर्जुनधारा जलेश्वरधाम दिव्यस्थल र सिद्धक्षेत्र भएको बताउँदै यहाँ आउन पाउँदा आफूलाई अति गौरव र खुशी लागेको जनाए ।
उनले महाभारतकालीन इतिहास बोकेको अर्जुनधारा जलेश्वरधाम धाम पुण्यभूमि भएको बताउँदै अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा सहभागी भएर पुण्यको भागी बन्न सबैलाई आह्वान गरे ।

उनले नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्न सबै जुट्नुपर्ने बताउँदै आफूहरू हिन्दूराष्ट्र कायम गर्न अन्तिम समयसम्म लडिरहने प्रतिबद्धता जनाए।

त्यस्तै श्री १०८ मोहनप्रियाचार्यले अर्जुनधारा जलेश्वरधामको महत्व पौराणिककालदेखि रहेको बताए। उनले सनातन धर्मको बारेमा धारणा राख्दै हिन्दूराष्ट्र कायम गर्न आग्रहसमेत गरे ।
त्यस्तै श्यामानन्दजी महाराजले नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गर्नुपर्ने बताए।

कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, नेपाल सरकारका पूर्वअर्थमन्त्री महेश आचार्य, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा संस्कृत गुरुकुलका वटुक छत्रपति गुरागाईंले संस्कृत भाषामा स्वागत मन्तव्य व्यक्त गरेका थिए।
मूल अर्चक अग्नीप्रसाद सिग्देलले धामको इतिहासबारे चर्चा गर्दै बालाचतुर्दशी पर्वको अवसर पारेर धामको ४२औं बार्षिक अनुष्ठानअन्तर्गत अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको आयोजना गरिएको बताए। कार्यक्रमअघि धाम परिसरबाट निस्किएको शोभायात्राले अर्जुनधारा नगर परिक्रमा गरेको थियो।

यसैबीच अर्जुनधारा अतिथि सदनको शिलान्यास गरिएको छ । श्री १००८ स्वामी कालीबाबा र श्री १०८ मोहनप्रियाचार्यले अर्जुनधारा अतिथि सदनको शिलान्यास गरेका थिए।

अर्जुनधारा अतिथि सदन निर्माणका लागि अर्जुनधारा नगरपालिकाले २० लाख र वडाहरूले जनही ५ लाखका दरले ७५ लाख रूपैयाँ दिने बचन दिएको र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री थापाले कोशी प्रदेशको तर्फबाट ५० लाख रुपैयाँ दिने प्रतिवद्धता जनाएको धामका अध्यक्ष गट्टानीले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार