मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

नेपालको बारा वरियारपुरमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाको पूर्वसन्ध्यामा किशनगञ्ज जिल्ला प्रशासनले सतर्कता अपनाएको छ।सम्भावित पशु तस्करी रोक्न जिल्ला मजिस्ट्रेट नवीन कुमारले विशेष उप–प्रशासनल प्रहरी (एसएसबी), प्रहरी र प्रशासनिक अधिकारीहरूलाई सीमामा विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्। आदेशपछि भारत–नेपाल सीमामा पर्ने गलगलिया र ठाकुरगञ्ज लगायतका संवेदनशील क्षेत्रहरूमा सतर्कता बढाउने तयारी सुरु भएको छ।

जिल्ला मजिस्ट्रेटले १३ औं बटालियन एसएसबी किशनगंज, १९ औं बटालियन एसएसबी ठाकुरगंज र ४१ औं बटालियन एसएसबी रानीगंज (पश्चिम बंगाल) लाई नेपाल जाने सबै पदमार्ग र संवेदनशील स्थानहरूमा कडा निगरानी राख्न निर्देशन दिएका हुन्। शंकास्पद सवारी साधनहरू जाँच गर्न र पशुधनको अवैध ढुवानीमा विशेष ध्यान दिन भनिएको छ।

गढीमाई मेलाको समयमा नेपालमा पशुधनको माग बढेका कारण केही तस्करहरूले खुला भारत–नेपाल सीमाको फाइदा उठाउँदै तस्करीको प्रयास गर्न सक्ने प्रशासनको आशंका छ। यही सम्भावनालाई ध्यानमा राख्दै, पहिले नै सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरिएको जनाइएको छ ।

यस सम्बन्धमा, ठाकुरगञ्ज उप–विभागीय अधिकारी, किशनगञ्ज प्रहरी अधीक्षक र जिल्ला पशुपालन अधिकारीलाई आवश्यक कारबाही गर्न निर्देशन दिइएको छ। प्रशासनले सबै एजेन्सीहरूले सीमापार अवैध पशु तस्करी रोक्न संयुक्त अभियान सञ्चालन गर्ने स्पष्ट पारेको छ ।

बाराको वरियारपुर–२ मा गढीमाई मेला यही मंसिर १ गतेबाट शुरु भई मंसिर महिनाभरि लाग्नेछ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार