मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

मेचीनगरबाट चोरी भएको मोटरसाइकल चोरसहित पाँचथरमा भेटियो

देश प्रदेश डेस्क 5449+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

झापा । तीन दिनअघि मेचीनगरबाट चोरी भएको मोटरसाइकल चोरसहित पाँचथरमा फेला परेको छ ।हिजो बिहान प्र.१–०१–०१२ प.३५४७ न. को बजाज कम्पनीको पल्सर मोटरसाइकल पाँचथरको हिलिहाङ ५ जोरपोखरी बजारमा फेला परेको हो । बिहान ८ बजेको समयमा बिर्तामोड ६ बुट्टावारी बस्ने २७ वर्षीय योगेश मगरले चोरी गरी लैजादै गरेको सो मोटरसाइकल ट्राफिक प्रहरी पोष्ट गणेशचोक पाँचथर र प्रहरी चौकी जोरपोखरी पाँचथरबाट खटिएको संयुक्त चेकिङ टोलीले पक्राउ गरेको हो ।

गत माघ २९ गते अन्दाजी ९ः४० बजेको समयमा मेचीनगर १३ मेट्रो पेट्रोलपम्पमा पार्किङ गरिराखेको किरण दाहालको सो मोटरसाइकल चोरी भएकोे थियो । मगरसहित मोटरसाइकल नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीतर्फ ल्याउने आवश्यक समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार