आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु

देश प्रदेश डेस्क 5156+ समाचार ( )
१२ आषाढ २०८२, बिहीबार

यस महिनाको सुरुमा, मुख्यतया अभिभावक र विद्यालयहरूले प्यारेन्टियल कन्ट्रोल (अभिभावकीय नियन्त्रण) र कन्टेन्ट फिल्टरिङको लागि प्रयोग हुने माइक्रोसफ्टको “फ्यामली सेफ्टि” सुविधाले विन्डोजमा गुगल क्रोम ब्राउजरलाई अनियमित रूपमा ब्लक गर्न सुरु गरेको थियो।

केही प्रयोगकर्ताहरूले क्रोम निरन्तर बन्द भइरहेको वा खुलिरहेको छैन भनेर याद गरेपछि यस सम्बन्धित पहिलो रिपोर्ट जुन ३ तारिखमा देखा परेको थियो।

माइक्रोसफ्टको “फ्यामली सेफ्टि” बगले विशेष गरी क्रोमलाई असर गर्दछ जसले गर्दा यसलाई विन्डोजमा चल्नबाट रोक्ने रिपोर्ट गरिएको छ।

“हाम्रो टोलीले यी रिपोर्टहरूको अनुसन्धान गरेर यो व्यवहारको कारण पत्ता लगाएको छ” क्रोम सपोर्ट प्रबन्धक एलेन टी भन्छिन्।

“केही प्रयोगकर्ताहरूको लागि, माइक्रोसफ्टको फ्यामली सेफ्टि सक्षम हुँदा क्रोम खोल्न नसकिने” एलेन टीले थप उल्लेख गरिन्।

फायरफक्स वा ओपेरा जस्ता अन्य ब्राउजरहरू यस समस्याबाट प्रभावित भएको नदेखिएको बताइएको छ। र केही प्रयोगकर्ताहरूले क्रोम डट ईएक्सई फाइललाई क्रोम१ डट ईएक्सई मा पुनः नामाकरण गर्नाले समस्या समाधान हुने फेला पारेको उल्लेख गरिएको छ।

माइक्रोसफ्ट ३६५ सदस्यताको भागको रूपमा फ्यामली सेफ्टि प्रयोग गर्ने विद्यालय वा अभिभावकहरूले क्रोमलाई फेरि काम गर्नको लागि फ्यामली सेफ्टि सेटिङ्गस्मा “अनुपयुक्त वेबसाइटहरू फिल्टर गर्नुहोस्ङ्गस्” विकल्पलाई असक्षम पार्न सक्ने छन्। तर यसले बच्चाहरूलाई प्रतिबन्ध बिना कुनै पनि वेबसाइट पहुँच गर्न अनुमति दिनेछ।

माइक्रोसफ्टले दुई हप्ता भन्दा बढी समयदेखि चलिरहेको समस्या कहिले समाधान गर्नेछ भन्ने बारेमा कुनै जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ।

“हामीले माइक्रोसफ्टबाट समाधानको बारेमा केही सुनेका छैनौं” भनी क्रोमका एक इन्जिनियरले जुन १० तारिखमा बग ट्र्याकरमा लेखेका छन्।
“कम्पनीले उनीहरूलाई सम्पर्क गर्ने प्रयोगकर्ताहरूलाई क्रोम रिस्टार्ट (पुनः सुरु) गर्न निर्देशन दिएको भए पनि यसले धेरै प्रभाव पार्नेछ भन्ने मलाई लाग्दैन” भनी इन्जिनियरले थप उल्लेख गरे।

त्यसैगरी माइक्रोसफ्टको क्रोम प्रयोग गर्नबाट मानिसहरूलाई निरुत्साहित गर्न विन्डोजमा अनौठो चालहरू गर्ने बानी रहेको उल्लेख गरिएको छ।

फ्यामली सेफ्टिको यो समस्या सम्भवतः हानिरहित बग हो भने माइक्रोसफ्टले पहिले पनि पप–अपहरू, नक्कली एआई प्रतिक्रियाहरू, मालवेयर–जस्तै चेतावनीहरू र गुगलको क्रोम डाउनलोड पेजमा निर्मित सर्वेक्षणहरू पनि प्रयोगकर्ताहरूलाई यसको एज ब्राउजरमा स्विच गर्न प्रयास गर्न प्रयोग गरिसकेको छ।

यस वर्षको सुरुमा, माइक्रोसफ्टले प्रयोगकर्ताहरूलाई गुगलमा छन् भनेर सोच्न बाध्य पार्न बिङ्ग पनि प्रयोग गरेको टेलिग्राफले रिपोर्ट गरेका छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार