मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

वडा प्रहरी कार्यालय भद्रपुरको शान्ति सुरक्षा फितलो

देश प्रदेश डेस्क 5497+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

झापा ।वडा प्रहरी कार्यालय भद्रपुरको शान्ति सुरक्षा फितलो बन्दै गएपछि नगरमा चोरीका घटना  राेकिएकाे छैन । भद्रपुर–६ स्थित संगम चोकबाट एउटा सिटी सफारी चोरी भएको छ । स्थानीय लालबहादुर साहको प्र–१–०१–०९ ह १८३७ नम्बरको रातो रङ्गको सिटी सफारी बिहीबार राति चोरी भएको हो । घर अगाडि पार्किङ गरी राखिएको सफारी चोरी भएपछि उनले शुक्रबार बिहान वडा प्रहरी कार्यालय भद्रपुरमा उजुरी दिएका छन् । त्यसको एक साताअघि माघ ११ गते भद्रपुर– ६ निवासी हेमन्त सुरानाको घरबाट नगद र सुन चोरी भएको थियो । 
घरमा कोही नभएको मौका छोपी दिउँसोको समयमा चोरी भएको पीडित सुरानाले जानकारी दिए ।  उनको घरको कोठाबाट ४ तोला सुन र ७० हजार नगद चोरी भएको हो । उनले घरमा चोरी भएको बारेमा वडा प्रहरी कार्यालयलाई जानकारी गराएपनि हालसम्म प्रहरीले घटनाको सुइँको समेत पत्ता लगाउन सकेन । 

त्यसैगरी माघ १७ गते भद्रपुर नगरपालिका–१ सोमबारे स्थित साना किसान सहकारी संस्थामा चोरी भएको थियो । कार्यालयको झ्यालको पल्ला र ग्रिल फोडेर चोर भित्र प्रवेश गरी लकर समेत फोडेर लकर भित्री रहेको नगद ३ लाख २ हजार ९७६ रुपैयाँ र सिसी क्यामेराको हार्ड डिस्क चोरी गरेको थियो । सो घटनाको बारेमा पनि केही पत्ता लागेको छ । 

नगरमा चोरीका घटना बढेसँगै प्रहरी गस्ती बढाएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सञ्जीव बोगटीले बताए । अहिलेसम्म चोर भने फेला परेको छैन । सिसी क्यामेराले काम नगर्दा चोर समात्न समस्या भइरहेको उनले बताए ।  घटनामा संलग्नताको पहिचानका लागि शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेकाे उनले बताए । 

शान्ती सुरुक्षा चुस्त दुरूस्त बनाउन नसक्ने प्रहरीले सीसी क्यामरा बिग्रेकाे भन्दै पन्सिएकाे छ । सीसी क्यामेराकाे भर पर्दा भद्रपुरमा चाेरीका घटना बढेकाे प्रष्ट हुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार