मुख्य समाचार
नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक |

सार्वजनिक सम्पत्तिमाथि भएको लुटपाट र आगजनीको क्षतिपूर्ति माग

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१६ चैत्र २०८१, शनिबार

आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । 

शुक्रबार काठमाडौँमा भएको प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट, आगजनी लगायत गतिविधिहरूबाट भएको क्षतिपूर्ति हुनुपर्ने महासंघले जनाएको छ ।

२०८१ चैत्र १५ गते काठमाडौँमा भएको आन्दोलन/प्रदर्शनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निक्कै दुखद छ । आन्दोलन/प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पणसहित परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गर्दछौं ,’ महासंघले भनेको छ,‘ साथै, सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंसक घटनाबाट ठुलो क्षति पुगेकोमा यसको भर्त्सना गर्दै क्षतिपूर्ति हुनुपर्ने महासंघको माग छ ।’

संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंसक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी,धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय भएको जनाएको छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटना प्रति नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा र भर्त्सना गर्दै महासंघले  सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार