मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

झापामा 'ग्याङ फाइट' घटनामा वडाध्यक्ष सुवेदी संलग्न, प्रहरीमा उजुरी

देश प्रदेश डेस्क 5495+ समाचार ( )
११ माघ २०८०, बिहीबार

झापा । झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा सोमवार साँझ भएको ग्याङफाइटमा कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोशन सुवेदीसमेत संलग्न भएको भन्दै उनीमाथि उजुरी परेको छ ।

दुई समूहबीच भएको झडपमा परी घाइते भएकाहरूले कनकाई ४ का वडाध्यक्ष रोशन सुवेदीको अगुवाइमा रहेका युवाहरूले आफूमाथि आक्रमण गरेको बताएका छन् । झडपमा बिर्तामोड–५ का उमेश चौधरी र दीपक लिम्बू घाइते भएका छन् । सोमवार साँझ वनभोजमा रमाइलो गर्न गएका दुई समूहबीच खुकुरी हानाहान भएको थियो ।बिर्तामोडबाट गएको वनभोज समूह र अर्को समूहका युवाहरूले मादक पदार्थ सेवन गरेर विवाद सिर्जना गर्दा झडप भएको प्रहरीले जनाएको छ ।चौधरीको बीएण्डसी र लिम्बूको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ ।

पीडितहरूले इलाका प्रहरी कार्यालय बिर्तामोडमा दिएको उजुरी अनुसार धारिलो हतियार साथमा बोकेर आएका वडाध्यक्ष सुवेदी, सोही वडा नं.३ बस्ने दलकुमार श्रेष्ठ, भवानी पाठक, मौसम पाण्डे, श्यामकुमार अधिकारी, वडा नं.२ बस्ने तीर्थबहादुर श्रेष्ठ, तुलाराम विश्वकर्मा, विमल श्रेष्ठ, पप्पु भन्ने धर्मेन्द्र दाहाल, भरत पाठक, मिलन मगरलगायत २०–२५ जनाको समूहले हुलहज्जत गरी हतियार खुकुरी निकाली सवारी चालक छबिराम सुबेदीलाई प्रहार गर्दा बसको अगाडी तथा साइडको सिसामा क्षति भएको र अन्धाधुन्ध खुकुरी, तरवारले प्रहार गर्दा आफूहरूको टाउकोमा चोट लागेको बताएका छन् ।

घाइतेहरूले उजुरी दिए पनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । उनीहरूले प्रयोग गर्ने दुई थान मोटरसाइकल र खुकुरी बरामद गरेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार