मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

करिब १५ लाख भारतीय रुपैयाँसहित उर्लाबारीका कार्की झापामा पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

झापा करिब १५ लाख भारतीय रुपैयाँसहित माेरङ् उर्लाबारीका एकजनालाइ सशस्त्र प्रहरीले झापामा पक्राउ गरेकाे छ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले आज बिहान मेचीनगर–७ स्थित जोरसिमलमा चेकजाँचका क्रममा स्रोत नखुलेको १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित मोरङ उर्लाबारी– ८ अठियावारीका ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल गण नं. २ झापाले जनाएकाे छ ।

काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा उनलाई सो रकमसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल गण नं. २ झापाका डिएसपी सुमन पाेखरेलले जानकारी दिए ।  बिहान करिब १०ः०५ बजे काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा शंका लागेर चेकजाँच गर्दा ५०० दरका २,९९९ थान र २०० दरको १ थान गरी जम्मा १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ (विनिमय दर अनुसार नेपाली रू. २३ लाख ९९ हजार ५२० बराबर) सहित कार्कीलाई पक्राउ गरेको उनले जनाए ।  नगदसहित कार्कीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार