मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |
मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |


दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२३ वैशाख २०८१, आइतबार

झापा । दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु गरिएको छ । आइतबार संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य उद्घाटन गरेका हुन् ।

‘ड्रिलिङ’ कार्य सुरु भएसँगै अबको ५–७ महिनामा पेट्रोलियम पदार्थ भए नभएको पुष्टि हुनेछ । ड्रिलिङको पनि विभिन्न चरण हुन्छ । पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश कुमार नापितका अनुसार बिचमा कुनै टेक्निकल समस्या आएन भने अबको पाँच महिनामा पेट्रोलियम पदार्थ छ वा छैन भन्ने कुराको पुष्टि हुने बताउछन् ।उनले भने, 'कथम कदाचित बिचमा टेक्निकल समस्या आएको खण्डमा केही ढिलाइ हुने आशङ्का गरिएकाले यो कामको समयावधि एक वर्ष राखिएको छ । प्राविधिक परीक्षण अनुसार भैरवी गाउँपालिका–१, जलजले क्षेत्र एक नम्बरमा राखिएको ठाउँ हो । अहिले उक्त ठाउँमा ‘ड्रिलिङ’का लागि निकै ठुलो र महँगो चिनियाँ मेसिन लगेर काम थालिएको छ' ।

‘ड्रिलिङ’को काम भनेको ग्यास र पेट्रोलियम पदार्थ छ वा छैन, छ भने कति परिमाणमा छ भनेर देखाउने अन्तिम चरणको काम हो । ड्रिलिङ’ पहिलो चरणमा भएको ‘सेस्मिक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’का आधारमा गरिन्छ । यो काम तीन चरणमध्येको सबैभन्दा कठिन र महत्त्वपूर्ण हो ।

जलजले श्रीस्थान र नाभिस्थानको थोरै उत्तरमा पर्छ । याे स्थानमा प्राचिनकाल देखि ज्वाला बल्दै आएको छ । साेहि कारणबाट श्रीस्थान, नाभिस्थान, पादुकाका क्षेत्रलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् भइरहेको हो । तीन वटा ठाउँमा गरिएको अध्ययनमध्ये जलजले बढी सम्भावना देखिएको ठाउँ हो । उक्त स्थानमा करिब ४.५ किलोमिटर गहिराइमा ‘ड्रिलिङ’ गरिनेछ । यो कामलाई अन्वेषणात्मक ‘ड्रिलिङ’ भनिन्छ । त्यसपछि मात्रै पेट्रोलियम भण्डारण पत्ता लाग्ने छ ।

पहिलो चरणको अन्वेषणात्मक कार्यले उक्त स्थानमा पेट्रोलियम पदार्थ हुने सम्भावना धेरै भए पनि आधिकारिक पुष्टि भएको छैन । त्यो ‘ड्रिलिङ’ को कार्य सम्पन्न पश्चातमात्रै पुष्टि हुने आयोजना प्रमुख नापित बताउँछन् । तथापि पहिलो चरणमा गरिएको अन्वेषणात्मक अध्ययनका क्रममा केही वैज्ञानिक प्रमाण र आधार फेला परेको दाबी गरिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खानीहरूको उत्खनन् गरी मुलुकले अधिक लाभ लिन सक्ने बताएका छन् । तेल र ग्यासको खोज तथा निकासीले नेपालको सामाजिक–आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने भएकाले खानीहरूको उत्खनन्‌ गरी मुलुकले अधिक लाभ लिन सक्ने उनको भनाइ छ ।

मन्त्री भण्डारीले भने, ‘पेट्रोलियम पदार्थ अन्वेषणको यो यात्रामा जाँदा चुनौतीहरू पार गर्न र हाम्रा प्राकृतिक स्रोतहरूको पूर्ण सम्भावनालाई खोल्न, नवीनता, विज्ञान र प्रविधिको प्रयोग गर्ने सङ्कल्पमा हामी अडिग छौँ ।’ साथै उनले भौगर्भिक विविधताले भरिपूर्ण नेपालसँग तेल र ग्यासको विशाल भण्डारणको सम्भावना रहेको प्रमाण विभिन्न पूर्वखोज तथा अनुसन्धानले देखाएको बताए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार