मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

कचनकवलमा सशस्त्र प्रहरीद्वारा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरू

देश प्रदेश डेस्क 5301+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

झापा सशस्त्र प्रहरी बल, नेपाल नं गण हेक्वा झापाले कचनकवल गाउँपालिकामा समुदाय विपद् स्वयंसेवक तालिम आयोजना गरिएको

कचनकवल गाउँपालिकाको सहकार्यमा शुक्रबारबाट १८ दिने तालिम शुरु भएको सशस्त्र प्रहरी बल, नेपाल नं गण हेक्वा झापाका  डिएसपी सुमन पाेखरेलले जानकारी दिए विपद् स्वयंसेवक आधारभुत तालिम पाठ्यक्रम २०८१  बमोजिम खोज तथा उद्धारमा खटिने स्वयंसेवकको क्षमता विकास गर्नुका साथै विपद् स्वयंसेवकहरुलाई स्तरीय आधारभुत तालिम प्रदान गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए तालिममा कचनकवलका सातै वडाको प्रतिनिधित्व हुने गरी १४ जना सहभागी रहेको बताइएको

सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले तालिममा प्रशिक्षार्थीहरुलाई विपद्को परिचय, नेपालमा घट्न सक्ने सम्भावित विपद्हरु, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, विपद्को समयमा अन्य सरोकारवाला निकायहरुसंग गरिने समन्वय, भत्केका संरचनाहरुमा गरिने खोज तथा उद्धार, जल उत्पन्न प्रकोप त्यसमा गरिने उद्वार, डोरीद्वारा गरिने उद्वार, अग्नि नियन्त्रण, प्राथमिक उपचार तथा सडक दुर्घटना जोखिम न्यूनिकरण लगायत विविध विषयहरु समावेस गरी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने जानकारी दिए

कार्यक्रमका प्रमुख अतिथी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कचनकवल क्षेत्रमा विभिन्न प्रकारका प्राकृतिक तथा मानव सिर्जित विपद्को जोखिम उच्च रहेकोले त्यस्ता चुनौतीहरूलाई सामना गर्न समुदाय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्नु एक महत्वपुर्ण उपलब्धी हुने यस्ता तालिम झापाका अन्य पालिकाहरूमा समेत गराउन आवश्यक रहेको बताउँदै तालिमको पूर्ण सफलताको शुभकामना दिए

त्यसैगरी उक्त कार्यक्रमका प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले यस प्रकृतिको तालिम आफ्नो पालिकामा संचालन गर्न पाउदाँ अत्यन्त हर्षित भएको यस तालिमबाट प्रशिक्षार्थीहरूलाई प्राप्त हुने सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले भोलिका दिनहरूमा हुनसक्ने बिपद् प्रकोप उद्वारमा महत्वपूर्ण सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरे

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्का, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललगायत सहभागी रहेका थिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार