मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

कैदी भगाउन खोजेपछि भएको झडपमा बाँकेमा ५ जनाको मृत्यु

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२५ भाद्र २०८२, बुधवार

बाँकेको बाल सुधार गृहबाट फरार हुने क्रममा झडप हुँदा ५ जनाको मृत्यु भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा मङ्गलवार राति भएको झडपमा बाँकेका समीर थापा, अछामका उमेश विष्ट, दैलेखका भूपेन्द्र खत्री, कैलालीका जगत देउवा र दाङका दिनेश घर्ती मगरको मृत्यु भएको एक कर्मचारीले जानकारी दिए।

घाइतेको उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा भइरहेको छ। बाल सुधार गृहबाट भागेका बाल बन्दीहरूले नजिकै रहेका कैदीहरूलाई भगाउने क्रममा प्रहरीका हतियार खोस्ने प्रयास गरेका थिए। हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले चलाएको गोली लागेर उनीहरूको ज्यान गएको हो। 

प्रहरी श्रोतका अनुसार नौ बस्तामा रहेको कारागार र बालसुधा रगृहका ६ सय भन्दा बढी कैदी बन्दी र बाल बन्दीहरू भागेका छन्। अहिले नौ बस्ताको कारागार खाली भएको प्रहरीले जनाएको छ।

यता जेनजी आन्दोलनको मौका पारी कपिलवस्तु कारागारका कैदी बन्दीहरू कारागारबाट फरार भएका छन्। ४ सय ७० जना कैदी बन्दी रहेको कारागारबाट दुई वटा ब्लकमा रहेका ४३५ बढी कैदी फरार भएका छन्। प्रहरीका अनुसार कारागारमा ३०/३५ जना मात्र कैदी बन्दी छन्।

कारागारबाट फरार भएका कैदी बन्दीहरूले नजिकै रहेको कपिलवस्तु अदालतमा पनि तोडफोड र आगजनी गरेका छन्। आगजनीबाट कारागारका उपकरण, कागजातहरू जलेका छन्।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङका अनुसार कारागारबाट भागेका कैदी बन्दीहरू नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिले मङ्गलवार राति १० बजेदेखि नेपाली सेना सहितको सुरक्षा गस्ती परिचालन गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै