मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

चट्याङ लागेर एकको मृत्यु, चार जना घाइते

देश प्रदेश डेस्क 5336+ समाचार ( )
१२ आषाढ २०८१, बुधवार

                                                                                                                       साङ्केतिक तस्वीर

झापा कैलालीको जोशीपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

बिहान करिब ७ः३० बजेको समयमा घरदेखि ३ सय मिटर पूर्व आफ्नै खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते भएका डंगौराको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ ।

त्यस्तै जिल्लाको भजनी नगरपालिका ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते भएका छन् । उनको दाहिने हातमा चट्याङ लाग्दा जलेको छ । उनलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकाहरू गम्भीर घाइते भएका छन् । इलाका प्रहरी सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालका अनुसार घाइते हुनेमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।

गम्भीर घाइते बालिकामध्ये एक बालिकाकाे चट्याङ लागेर आन्द्रा बाहिर आएको छ भने, दुई बालिकाको टाउकोमा चोट लागेको प्रहरी नायव उपरीक्षक पालले बताए ।

उपचारका लागि घोडाघोडी अस्पताल लगिएका उनीहरूलाई थप उपचारका लागि  बाँकेको कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै