झापा । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि
१ अर्ब ५१ करोड ८३ लाख ८२ हजार बराबरको बजेट
प्रस्ताव गरेको छ ।बजेट सामाजिक सुरक्षा भत्ताबाहेक रहेकाे हाे ।
आजदेखि शुरु दोस्रो नगर सभाको सातौ अधिवेशनमा नगर उपप्रमुख
नगेन्द्रप्रसाद संग्रौलाले सो बजेट प्रस्ताव गरेका हुन् । बजेटमा आगामी
आर्थिक वर्ष २०८२/०८३ को विभिन्न शिर्षकमा प्राप्त हुन सक्ने रकमलाई
आम्दानीको रुपमा प्रक्षेपण गर्दै संघीय समानीकरणतर्फ २० करोड ३२ लाख, संघीय
राजश्व बाँडफाँटतर्फ १४ करोड ७६ लाख, प्रदेश समानीकरणतर्फ १ करोड ९७
लाख ५२ हजार, प्रदेश राजश्व बाँडफाँट १ करोड ४५ लाख १४ हजार, आन्तरिक
श्रोततर्फ २१ करोड, जग्गा रजिष्ट्रेशनतर्फ १२ करोड ५० लाख, संघीय
सशर्त कार्यक्रम ७६ करोड ३ लाख र प्रदेश सशर्त कार्यक्रम २ करोड ८० लाख १६
हजार र प्रदेश समपुरक १ करोड बजेट प्रस्ताव गरिएको छ ।
उपप्रमुख संग्रौलाले चालु आ.व. २०८१÷०८२ को जेठ मसान्तसम्मको यथार्थ आयव्ययको विवरणसमेत प्रस्तुत गरेका छन् । चालु आ.व.मा आन्तरिक राजश्व २० करोड ५० लाख अनुमानित गरिएकोमा २०८२ जेठ मसान्तसम्ममा १३ करोड ९६ लाख ८१ हजार ४२, घरजग्गा रजिष्ट्रेशनमा १२ करोड अनुमानित गरिएकोमा ८ करोड ५९ लाख ९५ हजार ९ सय ६० , त्यसैगरी संघीय समानीकरण १९ करोड ४८ लाख ६हजार ४ सय ८० , संघीय सशर्तमा २८ करोड ९ लाख ९ हजार १ सय ८०, संघीय बिशेष अनुदान ५५ लाख ४५ हजार ६१ , संघीय समपुरक १५ करोड ८० लाख २४ हजार १ सय ४५ र संघीय राजश्व बाँडफाँटबाट १० करोड ८६ लाख १९ हजार ९ सय ३५ रुपैयाँ प्राप्त भएको छ।
यसैगरी प्रदेश समानीकरणमा १ करोड ३ लाख २ हजार ७ सय ५०, प्रदेश सशर्तमा १ करोड ७१ लाख २९ हजार ९ सय ८९, प्रदेश समपूरकमा ४३ लाख ३३ हजार ३ सय ३३ र प्रदेश राजश्व बाँडफाँट १ करोड ४० लाख ३६ हजार ७ सय ९९ रुपैयाँ, जनसहभागिता रु ३ करोड ११ लाख ९५ हजार ४६१ समेत गरी जम्मा १ अर्व ५ करोड ३५लाख ८० हजार १ सय ३५ रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
दोस्रो नगर सभाको सातौ अधिवेशनको प्रथम बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।