मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

झापा सामुदायिक साकोसद्धारा सञ्चालकहरुको क्षमता विकास तालिम सुरु

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

झापा झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेड भद्रपुर ७ ले सञ्चालकहरुको क्षमता विकास तालिम सञ्चालन गरेको छ । संस्थाका अध्यक्ष हरीप्रसाद गौतमको सभापतित्व एवम बचत तथा ऋण सहकारी महासंघ(नेफ्स्कुन)का केन्द्रीय महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा तालिम सुरु गरिएको हो ।
संस्थाका उपाध्यक्ष भरत पोखरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सचिव मीनप्रसाद पोखरेलले सहजीकरण गरेका थिए ।
शुक्रबार सञ्चालन गरिएको पहिलो दिनको तालिम प्रमुख अतिथि एवम प्रशिक्षक घनश्याम अधिकारीले प्रशिक्षण दिएका थिए । पछिल्लो समय चौतर्फी रुपमा सहकारी संस्थामाथि  विभिन्न तरिकाले कानुनी आक्रमण भइरहेको उनले उल्लेख गरे । सहकारीमाथि राष्ट्रको समेत ध्यान केन्द्रीत भइरहेको र सहकारीमा नयाँ कानुन लागूहुने तयारीमा रहेको उनले बताए । सहकारी आवश्यक र चुनौति दुवै देखा परेको हुँदा केही कानूनी जटिलताका विषयमा सरकारसँग समन्वय र छलफल भइरहेको समेत जानकारी गराए ।
संस्थाका  सञ्चालक समिति र विभिन्न उपसमितिसहित कर्मचारी सहभागिता रहेको तालिममा सहभागिहरुले जिज्ञासा र सुझाव राखेका थिए ।
सहभागिलाइ दोस्रो दिन बचत तथा ऋण सहकारी महासंघ(नेफ्स्कुन)का कार्यक्रम अधिकृत सुमनराज घिमिरेले प्रशिक्षण दिने संस्थाका व्यवस्थापक आनन्द खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार