मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आय–व्यय सार्वजनिक

देश प्रदेश डेस्क 5496+ समाचार ( )
२७ वैशाख २०८३, आइतबार

झापा / झापाको भद्रपुर ३ स्थित किचकवध क्षेत्रमा रहेको मातातीर्थ तथा विष्णु पादुका मन्दिरद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आय–व्यय सार्वजनिक गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत महायज्ञबाट भएको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।

कार्यक्रममा  महायज्ञबाट कुल १४ लाख ६४ हजार ७ सय १० रुपैयाँ आम्दानी भएको थियो भने ५ लाख ६ हजार ५ सय रुपैयाँ खर्च भएको जनाइएको छ । खर्च कटाएर ९ लाख ५८ हजार २ सय १० रुपैयाँ बचत भएको आयोजकले जनाएको छ ।

वैशाख ६ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको महायज्ञमा स्थानीय भक्तजन तथा देश विदेशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनले तन मन वचन तथा धनले सहयोग गरेकोमा सम्पूर्ण दाताहरुलाई धन्यबाद समेत ज्ञापन गरिएको थियो ।

महायज्ञको आय–व्यय विवरण पण्डित उत्तम नेपालले सार्वजनिक गरेका थियो भने मन्दिरका अध्यक्ष हेमप्रसाद खनाल र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद फुयालले शुभकामना मन्तव्य राखेका थिए  । कार्यक्रमको सञ्चालन सचिव काशिनाथ घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै