मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

दोलखाको च्छो रोल्पा र दुध कुण्डमा छायांकन गरिएको सुरेश कुँवरको ‘सोच’ सार्वजनिक

देश प्रदेश डेस्क 5495+ समाचार ( )
४ मंगशिर २०८२, बुधवार

झापा / र्यापर सुरेश कुँवर ‘भिलेन–३९’ को नयाँ गीत ‘सोच’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। आर एन्ड बी शैलीको यस गीतका शब्द तथा संगीत स्वयं कुँवरले नै तयार पारेका हुन्।

दोलखा क्षेत्रमा धार्मिक तथा प्राकृतिक सुन्दरता बोकेका च्छो रोल्पा ताल, दुध कुण्ड लगायतका अन्य मनोरम स्थानमा छायांकन गरिएको भिडियोमा क्यामेरामा लोकेन्द्र सुब्बा र निर्देशनमा बिक्रम तिमल्सिना रहे का छन्।

यसअघि ‘माया’, ‘रातको निन्द्रा’, ‘हामी नेपाली हो’ लगायतका थुप्रै गीत सार्वजनिक गरिसकेका कुँवरले ‘सोच’लाई फरक धारको सिर्जना भएको बताएका छन्। उनका अनुसार भिडियो दोलखाको हिमनदी क्षेत्रको सुन्दरता समेट्दै ४५८० मिटर उचाइमा रहेको च्छो रोल्पा ताल र ४७०० मिटर उचाइमा अवस्थित पवित्र दुध कुण्डमा छायांकन गरिएको हो।

यस्ता उच्च उचाइका स्थानमा छायांकन भएका भिडियो कम पाइने उल्लेख गर्दै कुँवरले यसले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा देशका विभिन्न स्थानमा गएर अन्य गीतका भिडियो पनि छायांकन गर्ने योजना रहेको उनले बताए।

गीतको भिडियो कुँवरले ‘भिलेन–३९’ युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार