मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झाडीमा भेटिएको नवजात शिशुको हकदाबीका लागि नगरपालिकाबाट सूचना जारी

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१५ भाद्र २०८०, शुक्रबार

भद्रपुर झाडीमा भेटिएको नवजात शिशुको हकदाबीका लागि भद्रपुर नगरपालिकाले सात दिने सूचना निकालेको छ ।  गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका- ७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा बेवारिसे अवस्थामा शिशु (छोरा) फेला परेको थियो ।

हालसम्म पहिचान नखुलेको शिशु अन्दाजी १२ देखि १४ दिनसम्मको जस्तो देखिने,  हरियो रङ्गको च्यादरमा सुताइएको, सेतो रगको पन्जा, टोपी, भेष्ट र निधारमा कालो टिका लगाएको अवस्थामा फेला परेको थियो । त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा लगेका थिए ।  नवजात शिशुको हाल सम्म बुवाआमा, अभिभावको पहिचान हुन नसकी सोही अस्पतालमा उपचाररत रहेको ब्यहोरा जिल्ला प्रहरी कार्यालय झापाको अपराध अनुसन्धान शाखाको पत्रबाट लेखि आएको र मेची प्रादेशिक अस्पतालको स्वास्थ्य प्रतिवेदन अनुसार रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्ण स्वास्थ्य रहेको शिशु हाल मेची प्रादेशिक अस्पतालको पोषण

गृहमा रहेको छ । उक्त नवजात शिशु कसको हो ? सूचना प्रकाशित भएको मितिले सात दिन भित्र आफ्नो शिशुको पर्याप्त प्रमाण कागजातसहित हकदाबी गर्न आउन हुन वा थप जानकारीका लागि भद्रपुर नगरपालिकाको बाल कल्याण अधिकारी जीवनकला राउतसँग सम्पर्क गर्नु हुन नगरपालिकाले शुक्रबार निकालेको सात दिने सूचनामा उल्लेख गरिएको छ ।

सात दिनभित्र कोही पनि हकदाबीका लागि नआएको खण्डमा फेरि तीन दिने सूचना प्रकाशन गरिने नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बताइन् । 'दोस्रो पटकको सूचनामा पनि कोही सम्पर्क नआए शिशुको अभिभावकत्व ग्रहणका लागि आमाबुबा बन्न नसक्ने अभिभावकहरू अदालती प्रक्रियामा जान मिल्छ,' उनले भनिन्, 'अदालतबाट प्रक्रिया पूरा गरी आएको अभिभावकलाई मात्र नगरपालिकाको संरक्षणमा रहेको शिशुलाई जिम्मा लगाउन मिल्छ ।'

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार