मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

कनकाईका खतिवडाको छोटा हात्तीको ठक्करबाट मृत्यु

देश प्रदेश डेस्क 5407+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा छोटा हात्तीको ठक्करबाट एक वर्ष दुई महिनाअघि घाइते भएका झापा कनकाई ३ बस्ने ४५ वर्षीय भिष्म खतिवडाको आज बिहान मृत्यु भएको छ ।

उनले बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गराई घरमै रहेर औषधी सेवन गरिरहेका थिए । बेला–बेलामा फलोअपमा अस्पताल जाँदै गरेकोमा आज बिहान १० बजे खतिवडाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

२०८१ असार १७ गते राति ८ः३० बजे कनकाई नगरपालिका वडा नम्बर ३ माछापुच्छ्र्रे बैङ्क अगाडी पूर्वपश्चिम राजमार्गमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे १च ६१७४ नम्बरको छोटा हात्तीले बिपरित दिशाबाट जाँदै गरेको मे ८ प १५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कनकाई ३ बस्ने खतिवडा गम्भीर घाइते भएका थिए । सोही मोटरसाइकलमा पछाडी सवार कन्काई ४ बस्ने बर्ष ५२ वर्षीय दिपक सेढाई पनि घाइते भएका थिए । सेढाई उपचारपछि निको भएका थिए भने खतिवडा उपचारमै रहेका थिए ।

छोटा हात्ती र छोटा हात्ती चालक बिर्तामोड नगरपालिका वडा नम्बर १० बस्ने ३१ वर्षीय संजोग खवासलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको थियो । छोटा हात्ती चालक खवास थुनामै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार