मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

डीएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

 घुस रकमसहित नियन्त्रणमा लिइएका बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । 

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । केसी गत साउन महिनादेखि बर्खास्तीमा परेका थिए । 

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा डीएसपी केसीले सुनचाँदी व्यवसायी किसन बिकसँग घुस लिएको आरोप केसीलाई लागेको थियो । गत वर्षको मङ्सिर महिनामा बुटवल स्थित टेलिकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका विकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए । 

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत बरामद गरेको थियो । अनुसन्धानका क्रममा उक्त सुन डीएसपी केसीले खाने उद्देश्यले रितपूर्वक बरामद नगरी बार्गेनिङ गरेको र ८ लाख ५० हजार नगद र चेकसमेत लिई सुन फिर्ता गर्ने तयारी भइरहेको खुलेको थियो । सो सम्बन्धमा उजुरी परेपछि सिआइबीको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै केसीको कैफियत देखिएपछि सिआइबीको टोलीलाई केसीलाई अख्तियारको जिम्मा लगाएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा बदनियत राखी सुन नियन्त्रणमा लिएको र सुन फिर्ता गर्न बार्गेनिङ गरेको पुष्टि भएपछि गत साउनमा विशेष अदालतमा घुस रिसवतको मुद्दा दायर गरेको थियो । 

सोही मुद्दामा मंगलबार विशेष अदालतले केसीलालाई दोषी ठहर गर्दै बिगो बराबरको ८ लाख ५० हजार रुपैयाँ जरिवाना गरी २ वर्ष जेल सजाय सुनाएको हो । घुस रिसवत मुद्दामा केसी दोषी ठहर भएसँगै उनी प्रहरी सेवाबाट समेत अलग भएका छन् 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार