मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

झापामा पाँच हजार रुख काटिंदै

देश प्रदेश डेस्क 5473+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

झापा पुर्व पश्चिम राजमार्ग निर्माण गर्दा झापामा करीब पाँच हजार रुख काटिने भएका छन । झापाको काँकडभिट्टादेखि सितापुरीसम्मको पुर्वी खण्ड र सितापुरीदेखि मावा खोलासम्मको पश्चिम खण्ड गरी झापामा ४ हजार ९ सय ५७ वटा रुख काटिने डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषि पराजुलीले  जानकारी दिए । पुर्वी खण्डमा ४ हजार ७ सय ३० वटा रुख काटिनेछ जसमा ९२ हजार ९ सय ९५ दशमलव १६ क्यूबिक फिट काठ र ९ सय ५४ दशमलब ६२ चट्टा दाउरा निस्कने समितिले मुल्याकंन गरेको वन अधिकृत पराजुलीले बताए । त्यस्तै सितापुरीदेखि मावा खोलासम्मको पश्चिम खण्डमा २२७ वटा रुख काटिनेछ । जसमा एक सय ९० दशमलव ११ क्यूबिक फिट काठ र ३ दशमलब २७ चट्टा दाउरा निस्किने दाउरा निस्कने वन अधिकृत पराजुलीले बताए । सडक निर्माण गर्दा झापामा जम्मा ९३ हजार एक ८५ दशमलब २७ क्यूबिक फिट काठ निस्कने र ९ सय ५७ दशमलब ८९ चट्टा दाउरा निस्कने मुल्याकन भएको पराजुलीले बताए ।

वन अधिकृत पराजुलीका अनुसार २० फिट लम्बाई, ५ फिट चौडाई र ५ फिट उचाईमा रहेको दाउरा एक चट्टा हुन्छ । शहरी क्षेत्रमा ५० मिटर भित्रका र अन्य क्षेत्रमा ३२ मिटर भित्रका रुख बिरुवा सडक निर्माणका बेला हटाउनु पर्ने भएकाले सोही अनुसार हटाउनु पर्ने रुख बिरुवाहरुको लगत संकलन गरी मुल्याकंन गरिएको पराजुलीले बताए  ।झापाको पुर्वी खण्ड काँकडभिट्टादेखि सितापुरीसम्मको ४५ किलोमिटर सडकमा पर्ने रुख बिरुवाको लगत संकलन गरी सरकारी रुख काटन सिफारिस गर्ने समितिको बैठकले निर्णय गरी वन विभागमा पठाईसकिएको र सितापुरीदेखि माव खोलासम्मको पश्चिम खण्डको लगत संकलन भएर कार्यालयमा आईपुगेकाले केही दिनमै समितिको बैठक बसेर निर्णय गरी विभागमा पठाईने वन अधिकृत पराजुलीले बताए ।

सरकारी रुख हटाउनका लागि डिभिजन वन कार्यालयका प्रमुख अध्यक्ष रहने गरी जिल्ला प्रशासन कार्यालयका अधिकृत, मालपोत कार्यालयका अधिकृत, नापी कार्यालयका अधिकृत र जिल्ला समन्वय समितिको कार्यालयका अधिकृत सदस्य तथा सम्बन्धीत आयोजना प्रमुख सदस्य सचिव रहने गरी रुख कटान सिफारिस समिति रहेको र त्यसले निर्णय गरी वन विभागमा पठाउने र विभागबाट अनुमति आए पछि सडक डिभिजन कार्यालयले रुख कटानु  गर्ने कानूनी व्यवस्था रहेको वन अधिकृत पराजुलीले बताए । त्यसरी हटाईएका रुख सडक डिभिजन कार्यालयले सम्बन्धीत वन डिभिजन कार्यालयलाई बुझाउनु पर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार