मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

देश प्रदेश डेस्क 5473+ समाचार ( )
४ अशोज २०८३, आइतबार

झापा / इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको बोलेरो भित्री सडकखण्डमा अनियन्त्रित भई सडकमा पल्टिँदा चालक गाडीले थिचिएका थिए।

दुर्घटनामा देउमाई नगरपालिका–१ चमैता निवासी ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। प्रहरीका अनुसार प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरोमा दुर्घटनाका बेला चालक बस्नेत मात्रै सवार थिए।

दुर्घटनाको सूचना पाएपछि प्रहरी चौकी रक्सेबाट प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको नेतृत्वमा ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक सन्तोषकुमार राईको नेतृत्वमा अनुसन्धान टोलीसमेत खटिएको थियो।

प्रहरीका अनुसार बोलेरो सडकमा पल्टिनुको यकिन कारण खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार