झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बल, नेपालले २३ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको कार र लत्ताकपडा नियन्त्रणमा लिएको छ।मेचीनगर नगरपालिका – ७ जोरसीमल इलाकाबाट आज दिउँसो २:५० बजे सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. काँकडभिट्टाबाट स.प्र.स.नि. कृष्ण बहादुर डाँगीको कमाण्डमा खटिएको ९ जनाको चेक प्वाईन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको WB 02 Y 0872 नं. को कारलाई चेकजाँच गर्दा उक्त कारमा ३ बोरा र २० पोका लत्ताकपडा फेला पारी नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको कार र लत्ताकपडा आवश्यक प्रक्रियाको आज दिउँसो ३:५५ बजे मेची भन्सार कार्यालय काँकडभिट्टामा भन्सार दाखिला गर्दा कारको मूल्य रु. २० लाख र लत्ताकपडाको मूल्य रु.३ लाख ३६ हजार ५ सय रुपैयाँ गरी जम्मा मुल्य रु. २३ लाख ३६ हजार ५ सय कायम भएको छ । भनि सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा झापाका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र बहादुर के.सि.ले जानकारी दिनु भयो ।
साथै स.प्र.ना.उ. सहायक सुचना अधिकारी जोगेन्द्र के.सीले अवैध चोरी निकासी पैठारी जन्य गतिविधि नियन्त्रण गर्न स.प्र.बल, नेपालको सक्रियता निरन्तर जारी रहेको समेत बताउनु भयो।