मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

गौहत्याको आरोपमा पक्राउ परेका ६ जनामाथि मुद्धा

देश प्रदेश डेस्क 5497+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

झापा  । गौहत्याको आरोपमा पक्राउ परेका ६ जनामाथि बिर्तामोड प्रहरीले पशुपंछीसम्बन्धी ऐनअनुसार कार्वाही अघि बढाएको छ । झापामा मङ्सिर ११ गते कन्काई ३ टप्पुमा गाई काटेको आरोपमा पाँचजना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका वडा नं. ४ बस्ने ४६ वर्षीय बुधन आलम,उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन , भारत किसनगञ्ज ठेगाना भई हाल कनकाई ३ मा बस्ने २० वर्षीय दिलवर हुसेन , उनकी श्रीमती १९ वर्षीया महिदा खातुन र कन्काई –४ बस्ने २१ वर्षीय मोहम्मद मुन्ना आलम रहेका छन् ।

त्यस्तै कन्काईमा गाई काटेको पर्सिपल्ट मंसिर १३ गते अर्जुनधारामा पनि गौहत्या भएको थियो । त्यस घटनामा संलग्न एकजना पक्राउ परेका हुन् भने अर्का फरार छन् । पक्राउ पर्नेमा अर्जुनधारा– ४ का अन्दाजी ५० वर्षीय राम तामाङ रहेका छन् । अन्दाजी ५५ वर्षीय सन्तबहादुर मोक्तान तामाङ फरार रहेको र उनको खोजी भइरहेको डीएसपी इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

उनले पक्राउ परेका ६ जनामाथि झापा जिल्ला अदालतबाट पशुपंछीसम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार