मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

बिर्तामाेड गिरीबन्धु टी उद्दाेग अगाडि कुकर बम राख्ने दुईजना पक्राउ

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

झापा  । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने दुईजना पक्राउ परेका छन् ।

घटना गराएको करिव अढाई महिनापछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नं.६ शिवालय टोल बस्ने २० वर्षीय धिरज माझी रहेका छन् । बुधवार राजकुमारलाई उर्लाबारी नगरपालिका वडा नं. ७ उर्लाबारी चोकबाट पक्राउ गरिएको हो भने सोही दिन धिरज पथरीशनिश्चरे नगरपालिका वडा नं. १ जातेरोड चोकबाट पक्राउ परेका हुन् ।

घटनापश्चात् फरार रहेका उनीहरुलाई सुक्ष्म रुपमा अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका  डीएसपी कृष्णकुमार चन्दले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले जिल्ला अदालतबाट विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए ।

गत भदौ २८गते बिहान अन्दाजी ६ः१० बजे बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित गिरीबन्धुकै शमशेर एण्ड गंगादेवी टी स्टेट प्रा.लि. को पश्चिम पर्खालनजिकै क्षति पुर्याउने उद्धेश्यले उनीहरुले कुकर बम राखेका थिए । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टी स्टेटको जग्गा कब्जा किन..?लेखिएको पर्चा त्यहाँ भेटिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै