मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२५ पौष २०८२, शुक्रबार

आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनमा झापाका २८५ वटा मतदान स्थलमध्ये ९५ वटा अति संवेदनशील रहेका छन् । जिल्लाका २८५ वटा मतदान स्थल र ८१५ वटा मतदान केन्द्रमध्ये ९५ वटा मतदान स्थल अति संवेदनशील , १४७ वटा संवेदनशील र ४३ वटा सामान्य रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

मतदान केन्द्रलाई हेर्ने हो भने यसअघि निर्धारित ७६६ वटा मतदान केन्द्रमध्ये २७१ वटा अति संवेदनशील , ३९० वटा संवेदनशील र १०५ वटा सामान्य रहेका छन् । यसमा ४९ वटा मतदान केन्द्र थपिएको छ । जसको वर्गीकरण ननिकालिएको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले बताए ।

निर्वाचन सुरक्षाका लागि झापामा चार हजार ७४८ जना निर्वाचन प्रहरी( म्यादी प्रहरी) परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपाल प्रहरीतर्फ चार हजार २५९ र सशस्त्र प्रहरी बलतर्फ ४८९ जना परिचालन गरिनेछन् । भर्ना प्रक्रिया यसै सातादेखि सुरु गरिने उनले जानकारी दिए ।

निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीसँगै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसमेत परिचालन गरिनेछ । सबै गरी ७ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी झापामा परिचालन हुने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै