मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

चिसो बढ्न थालेपछि निःशुल्क दाउरा वितरण

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

चिसो बढेसँगै बिहानीको झिसमिसेमै कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३६ वर्षीय हरेन्द्र बोहरा ट्रयाक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका देखिनुहुन्छ । उहाँको दाउरा बाँड्ने निरन्तरता दुई सातादेखि बढेको हो । उहाँले निःशुल्करूपमा नगरपालिका क्षेत्रका बजार क्षेत्र र गाउँका चोकचोकमा निःशुल्करूपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाउनुभएको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्ति र बजार क्षेत्रका व्यापारीलाई चिसोबाट जोगाउन आगो ताप्ने व्यवस्था गर्नमा उहाँ लाग्नुभएको हो । यो कार्य उहाँले तीन वर्षदेखि आफ्नै लगानीमा निरन्तररूपमा गर्दै आउनुभएको छ । “आफूसँग उपलब्ध भएको दाउरा निःशुल्करूपमा वितरण गरी जाडोको समयमा ताप्ने गरी बाँड्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “अपुग भएका क्षेत्रमा सामुदायिक वनबाट खरिद गरेर दाउरा आवश्यकताका आधारमा आफ्नै ढुवानीका साधनमा राखेर वितरण गर्छौं ।” नगरपालिकाका–४, ५, ६ र ७ मा गरी पाँच सय क्विन्टल दाउरा वितरण गरिसकिएको उहाँले बताउनुभयो । उहाँले चिसोबाट जोगाउन नगरपालिकाका चार वडाका ७० बढी ठाउँमा आगो ताप्ने व्यवस्था मिलाउनुभएको छ । चिसोका कारण कोही बिरामी नपरून् र ज्यान गुमाउनु नपरोस् भनेर यस कार्यमा लागेको उहाँ बताउनुहुन्छ । “आगो ताप्न पाएर चिसोबाट जोगिन पाएका छौँ”, स्थानीय जोगी चौधरीले भन्नुभयो, “चिसोबाट जोगिनका लागि न्यानो कपडा थिएन, बोहराले उपलब्ध गराएको दाउरा बालेर आगो तापेर शरीरलाई न्यानो पार्दै आएका छौँ ।” बोहरा नगरपालिका क्षेत्रकै सफल किसान हुनुहुन्छ । उहाँले व्यावसायिकरूपमा कुखुरा, बाख्रा, माछा, बङ्गुरपालनको कार्यसँगै केराखेती गर्दै आउनुभएको छ । व्यावसायिक कार्य गरेर आएको केही रकम सामाजिक कार्यमा खर्च गर्न पाउँदा खुसी भएको बोहरा बताउनुहुन्छ । “दिनदुःखीको सेवा नै ठूलो धर्म हो”, उहाँ भन्नुहुन्छ, “यस कार्यले मनमा प्रसन्नता आउँछ, अझै अरु सामाजिक कार्यका लागि पनि काम गर्ने इच्छा छ, त्यो चाँडै कार्यान्वयनमा ल्याउनका लागि प्रयासरत रहेको छु ।” व्यावसायिक कार्य गरेर आएको रकमको केही हिस्सा समाज सेवाका लागि खर्च गर्न उहाँ अरूलाई पनि सल्लाह दिनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार