मुख्य समाचार
सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने | सम्पन्न नेतृत्वबीच जनहितको परीक्षा : पारदर्शिता र उत्तरदायित्वको आवश्यकता |

मेचीनगर नगरपालिकाले गर्याे शिक्षा क्षेत्रका ९७ जनालाई सम्मान

देश प्रदेश डेस्क 5084+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

झापा । झापाको मेचीनगर नगरपालिकाले  शिक्षा क्षेत्रका ९७ जनालाई सम्मान गरेको छ । नगरका सामुदायिक तथा निजी शैक्षिक संस्थाका शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, विभिन्न संस्थागरी ९७ जनालाई नगरपालिकाको शिक्षा शाखाले सम्मान तथा पुरस्कृत गरेको हो । नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोह २०८० कार्यक्रममा कक्षा ८ को परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याउने विद्यार्थी  ४२ जना, अवकाश प्राप्त शिक्षक १९ जना, अवकाश प्राप्त कर्मचारी, उत्कृष्ट शिक्षक, विद्यालय व्यवस्थापन समिति, बाल क्लब, नृत्य प्रतियोगितामा प्रदेशमा नै उत्कृष्ठ हुने र स्काउट तथा बाल शिक्षक तीन जनालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

काकडभिट्टास्थीत सामुदायिक भवनमा आयोजित कार्यक्रमकाबिच उत्कृष्ट प्रधानध्यापकका रुपमा पाँच जना, कक्षा १० र कक्षा १२ बाट उत्कृष्ट विद्यार्थी गरी ९७ जनालाई पुरस्कृत तथा सम्मान गरिएको नगर शिक्षा शाखाले जनाएको छ । नगरका सामाजिक विकास समिति संयोजक हृदय राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाको आम्दानीको स्रोत घटेका कारण शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याउन नसकेको बताइन् ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडा नं ६ का वडाअध्यक्ष ललितबहादुर तामाङ, नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष लेखनाथ पौडेल, राष्ट्रिय नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याव्सनका मेचीनगर अध्यक्ष डम्बर रुचाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रम शिक्षा अधिकृत पवित्रा ढकालको सञ्चालनमा सम्पन्न भएको थियो । नगर शिक्षा शाखाका अनुसार नगरभित्र सामुदायिक तर्फ १७ मावि, ११ निमाबि, १४ प्राथमिक, ४ वटा धार्मिक तथा ६० वटा संस्थागत गरी कुल एकसय ६ वटा शैक्षिक संस्था रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार