मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

१४ सय घर भाडा नदिएकोमा घरबेटीद्वारा हत्या

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

 १४ सय रुपैयाँ  घर भाडा नदिएको निहुँमा  पाल्पामा घरबेटीले  एक जनाको हत्या गरेको खुलेको छ तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले  घरभाडा नदिएको  निहुँमा  डेरामा बस्दै आएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको  हत्या गरेको खुलेको हो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा १४ सय रुपैयाँ घर भाडा नदिएको निहुँमा हँसिया प्रयोग गरी हत्या गरेको खुलेको जिल्ला  प्रहरी कार्यालय पाल्पाका डिएसपी  सुनिल मल्लले  जानकारी दिए ।   बुढाथोकी  ६ महिनादेखि विष्टको घरको एउटा कोठामा बस्ने गरेका थिए ।   

मासिक  ५ सय रुपैयाँ दिने सहमति भए पनि पछिल्लो समय १४ सय रुपैयाँ तिर्न बाँकी भएको र विवादका क्रममा मदिरा सेवन गरेका विष्टले हँसिया प्रयोग गरी हत्या  गरेको खुलेको डिएसपी मल्लले बताए ।

ढाथोकीले मजदुरीको काम गर्दै आएका थिए । प्रहरीका अनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका थिए । मृतकको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको थियो ।

 सोही आधार हिजो घरबेटीलाई पक्राउ गरी अनुसन्धान गर्दा हत्याको गरेको पुष्टि भएको प्रहरीले  जनाएको छ । उक्त घरमा विष्ट र बुढाथोकी मात्रै बस्ने गरेका थिए। विष्ट दैनिक मदिरा सेवन गर्ने व्यक्ति रहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार