मुख्य समाचार
नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक |

माघ २४ गतेदेखि झापा गोल्डकपको सातौँ संस्करण

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

झापा ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा झापा गोल्डकपको सातौँ संस्करण हुने भएकाे छ । यही माघ २४ गतेदेखि  विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएकाे हाे ।

 फागुन ४ गतेसम्म सञ्चालन हुने यस पटकको प्रतियोगिता गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृति 

हुन लागेको गोल्डकपका अध्यक्ष केदार गिरीले बताए ।  प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ रहने अध्यक्ष गिरीले जानकारी गराएका छन् । एक्सट्रिम एनर्जी ड्रिङ्कस र आयोजकबिच सम्झौतापत्रमा पनि हस्ताक्षर भएको उनले जनाए ।

प्रतियोगिताको विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिने छ । यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ प्रदान गरिने उल्लेख छ  ।

विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको जनाइएको छ । प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, महिन्द्र क्लब, लालीगुराँस क्लब पोखरासहित घरेलु तथा विदेशी गरी १० वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा भुटानको रोयल थिम्पु कलेज, भारतको सिग्लिज स्पोर्टिङ क्लब र मलेसियाको एन पेनाङ एफसीले पनि प्रतिस्पर्धा गर्नेछन् ।

२०७२ सालदेखि झापालाई फुटबल हबका रूपमा विकास गर्ने लक्ष्यसहित यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।  यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने आयोजकले जनाएको छ ।त्यस्तै रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार