मुख्य समाचार
किन सञ्चालनमा आएन बिर्ताबजारको इभी चार्जिङ स्टेसन | बिर्तामोडमा टिपरको ठक्करबाट घाइते भएका वृद्धाको मृत्यु | सशस्त्र प्रहरीको स्वास्थ्य शिविरमा २०५ जनाले पाए निःशुल्क उपचार सेवा | मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | | आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै | गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत् |

विर्तामाेडका उप्रेतीको १३ इन्च लामो जुँगा

देश प्रदेश डेस्क 5294+ समाचार ( )
१० माघ २०८०, बुधवार

झापा । केही समय अघिका युवा पुस्ता जुँगा पाल्ने गर्दथे । तर, हिजो आजका युवाले खासै जुँगा पालेको पाइदैन । आजकलका युवाहरू जुँगा त पाल्छन्, तर त्यसमा नयाँ डिजाइन थप्छन् ।  युवामाझ स्टाइलिस जुँगा बनाउने होडबाजी भने वेलावेलामा चल्ने गर्छ। तर, उनीहरुले बाउबाजे जस्तो जुँगा पालेको पाइदैन । 

तर झापा बिर्तामोड–१० शिवालय चोकका ४४ बर्षिय मेदनीप्रसाद उप्रेतीको १३ इन्च लामो जुँगा छ । उनले जुँगा पालेको ५ बर्ष भएको जानकारी दिए । उनी जुँगा लामो बनाएर रेकर्ड राख्ने योजनामा छन् । युवा पुस्तामा हराएको जुँगा पाल्ने मोहलाई जिवन्त राख्न आफु लागि परेको उप्रेतीले बताए ।

उनले ५  वर्षदेखि हरेक दिन विहान झण्डै आधा घण्टा खर्चन्छन् । ‘जुँगा पाल्नु भनेको छोरा–छोरी हुर्काउनु जस्तै हो’ उनले भने ‘यो जुँगा बनाउन मैले धेरै समय खर्चिएको छु ।’

उप्रेतीले १३ बर्षदेखि जुँगामा ब्लेड लगाएका छैनन् । जुँगाकै कारण मानिसहरुले सम्मान गर्दा भने उनी हर्षित हुन्छन् । उनले  सुरुमा कीर्तिमान राख्ने उद्देश्य नलिए पनि बिस्तारै कीर्तिमान राख्ने इच्छा जागेको बताए । उनले जुँगाको संरक्षणका लागि सेम्पु, कन्डीसनर प्रयोग गर्छन् ।

बिगत दशकदेखि बिर्तामोड ४ स्थित पुरानो भद्रपुर रोड बरफ फ्याक्ट्री नजिकै उप्रेती मोटर साइकल वर्कशप सञ्चालन गर्दै आएका छन् । उनको जुँगा देखेर अधिकांश मानिस छक्क परेर हेर्छन् । उनी नेपालीहरुको जुँगा सान भएको बताउँछन् । उनको जुँगा मात्र होइन टुप्पी पनि १४ इन्च भन्दा लामो छ ।

इतिहासमा तानाशाहदेखि क्रान्तिकारी, नेता, अभिनेता, वैज्ञानिक, खेलाडीले आकर्षक जुँगा पालेको देखिन्छ । जर्मन तानाशाह हिटलर, भारत आजादमा जुटेका भगतसिंह, महाराना प्रताप, रनवीर सिंहलगायतको जुँगा पनि कुनै समय निकै चर्चाको बिषय बनेको थियो । इस्ट इन्डिया कम्पनीमा कार्यरत कर्मचारीहरूले जुँगालाई लामो, बाक्लो र कडा पार्न मैन प्रयोग गर्थे । यिनै परिवेशबाट मधेशमा पनि पुरुषहरूले लामा–लामा जुँगा राख्न थालेको हुन सक्छ । शब्दपत्रबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार