मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

असफल वाम एकताको चक्रव्यूहमा नेपाली कम्युनिस्ट: जुट्दै फुट्दै ७६ वर्ष

भेषराज नेपाल 145+ समाचार ( )
१० श्रावण २०८३, आइतबार

झापा / नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको सात दशकभन्दा बढी समय बितिसक्दा पनि वामपन्थी राजनीतिको चरित्र स्थिर हुन सकेको छैन।

वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको अगुवाइमा सुरु भएको कम्युनिस्ट आन्दोलनले नेपाली राजनीतिमा ठूला परिवर्तनहरू ल्याए पनि यसको आन्तरिक यात्रा भने टुटफुट र असफल एकताका अनेकौँ कीर्तिमानहरूले भरिएको छ।

कम्युनिस्ट नेताहरूले पटक-पटक गर्ने 'ऐतिहासिक एकता'का प्रयासहरू अन्ततः नेतृत्वको व्यक्तिगत महत्त्वाकांक्षा र सैद्धान्तिक टकरावका कारण असफल सावित हुँदै आएका छन्।नेपाली वाम आन्दोलनमा पहिलो संस्थागत एकताको असफल प्रयास वि.सं. २०४७ पुस २२ मा तत्कालीन नेकपा (मार्क्सवादी) र नेकपा (मार्क्सवादी-लेनिनवादी) बीच भएको थियो। ती दुई शक्ति मिलेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात् एमाले बन्यो। संसदीय राजनीतिमा बलियो शक्तिको रूपमा उदाए पनि यो एकता दिगो रहन सकेन र वि.सं. २०५४ सालमा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भई नेकपा (माले) बन्यो, जसले वाम एकताको पहिलो ठूलो जगलाई भत्काएको थियो।

त्यसपछिको सबैभन्दा नाटकीय र शक्तिशाली मानिएको एकता प्रक्रिया वि.सं. २०७४ सालमा सुरु भएको थियो। दशकौँसम्म सशस्त्र द्वन्द्व र शान्तिपूर्ण राजनीतिको फरक धारमा रहेका केपी शर्मा ओली नेतृत्वको एमाले र पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको माओवादी केन्द्रले निर्वाचनमा वाम गठबन्धन बनाएर देशव्यापी लहर सिर्जना गरे। निर्वाचनमा करिब दुई-तिहाइ बहुमत प्राप्त गरेपछि वि.सं. २०७५ जेठ ३ मा दुवै पार्टी विघटन गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक विशाल दलको घोषणा गरियो। नेपाली इतिहासकै सबैभन्दा शक्तिशाली मानिएको यो वाम एकता अन्ततः साढे दुई वर्ष पनि टिक्न सकेन।

पार्टीभित्रको तीव्र सत्ता संघर्ष र कार्यदिशाको विवाद चुलिँदै जाँदा वि.सं. २०७७ फागुन २३ मा सर्वोच्च अदालतले प्राविधिक रूपमा यो एकता नै खारेज गरिदिएपछि नेपालको इतिहासकै ठूलो वाम एकता पूर्ण रूपमा असफल हुन पुग्यो।कम्युनिस्ट पार्टीहरूले विगतका विफलताबाट पाठ सिक्नुको साटो पुनः एकता र विभाजनकै पुरानो बाटो रोजेको देखिन्छ। वि.सं. २०८२ कात्तिक १९ मा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको माओवादी केन्द्र, माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सहित १० वटा साना-ठूला वामपन्थी शक्तिहरू मिलेर 'नेपाली कम्युनिस्ट पार्टी' को घोषणा गरे। सोही वर्षको मंसिरमा अन्य साना समूहहरू पनि यसमा थपिए।

तर यो एकता पनि विगतका असफल गठबन्धनहरू जस्तै वैचारिक स्पष्टता बिना केवल सत्ता र अस्तित्व रक्षाका लागि मात्र केन्द्रित रहेको राजनीतिक विश्लेषकहरूको ठहर छ।वि.सं. २०४६ सालको संयुक्त वाम मोर्चादेखि लिएर विभिन्न कालखण्डमा चौम, मसाल, र एकता केन्द्र जस्ता साना कम्युनिस्ट घटकहरू बीच भएका अनगिन्ती एकताहरू पनि अन्ततः फुटमै परिणत भएका छन्। नेपाली राजनीतिमा वाम एकताको नारा जति आकर्षक देखिए पनि व्यवहारमा यो सधैँ अस्थायी र असफल सावित भएको छ। विचार र नीतिको जगमा भन्दा पनि नेताहरूको दाउपेच र चुनावी गणितका आधारमा गरिने यस्ता एकताहरूले नेपाली राजनीतिक आकाशमा स्थिरता भन्दा बढी अस्थिरता र निराशा मात्रै थपेको इतिहासले पुष्टि गर्दछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार