मुख्य समाचार
पूर्वी झापाका ६ पालिका गाभेर महानगर बनाउन कति सम्भव ? | सेवा प्रवाह सुधार्न गृह मन्त्रालयको कडाइ, सबै जिल्ला प्रशासनमा एकद्वार प्रणाली अनिवार्य | ताप्लेजुङमा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध | सिरहाका मेयरको अभद्र व्यवहार मुद्दा अंगभंगमा परिणत, उनी अझै फरार | कसैलाई पनि गल्ती स्वीकार्य हुँदैन : गृहमन्त्री सुदन गुरुङ | झापाकाे भद्रपुरमा भव्य सिरुवा पावनी मनाइयाे | निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' घाेषणाकाे माग | भारतबाट उपभाेग्य बस्तु खरिदमा कडाइः एक सय रुपैयाँ भन्दा माथि भन्सार नीति कति व्यवहारिक? | जनताको दुःख बुझ्न मैदानमा सांसद: झापाका सरकारी कार्यालयमा अनुगमन | झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने |

२२ जनाविरुद्ध मुद्धा दर्ता, अध्यागमनका ८ कर्मचारी फरार

देश प्रदेश डेस्क 5084+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

झापा । भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोपमा ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्धा दायर भएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको सुरुवाती र पछि जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसुरमा मुद्धा दर्ता भएको हो ।

१२ जनालाई फरार प्रतिवादी बनाउँदै अदालतमा मुद्धा दायर गरेको जिल्ला न्यायाधीवक्ता सन्देश श्रेष्ठले बताए । फरार रहनेमा ८ जना सरकारी कर्मचारी छन् ।

विमानस्थलमा अध्यागमन कार्यरत रहेर हाल राष्ट्रिय  विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत ताराबहादुर कुँवर, अध्यागमन अधिकृत कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो लिम्बुलाई फरार प्रतिवादी बनाएर मुद्धा दायर भएको हो ।अध्यागमन अधिकृत नरवीर खड्कालाई भने उपत्यका अपराध अनुसन्धान कार्यालयले २६ कात्तिक २०८० मै पक्राउ गरेको थियो ।अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, नरवीर र ताराबहादुर कुँवरसँग सेटिङ गरेर विचौलियाले युवालाई खाडी मुलुक पठाएको खुलेको छ । ‘सुरूमा ताराबहादुर कुँवरले सेटिङ मिलाएको देखिन्छ, पछि यो काम नरवीरले गरेका थिए’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् ।

पक्राउ परेकामध्येका एक ट्राभल्स एजेन्सीका सञ्चालक मनोज तामाङले पनि अध्यागमनका दुई अधिकृतलाई पैसा बुझाएर विमानस्थलको सेटिङ मिलाएको बयान दिएका छन् ।

अदालतमा दायर अभियोग-पत्रमा समावेश उनको बयानमा भनिएको छ, ‘नरविर खड्काबाट सेटिङ मिलाएर मैले करिब ३ सय जना पठाएको थिएँ, त्यसवापत एक करोड रुपैयाँजति उनलाई बुझाएको छु ।’

बाँकी अन्य कर्मचारी मिलाउने काम खड्काले नै गर्ने गरेको उनले बताएका छन् । ‘को-कसलाई मिलाउनुहुन्थ्यो नरवीर सरलाई नै जानकारी होला’, उनले भनेका छन् । नरवीरको बयानका आधारमा प्रहरीले थप ७ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

नरवीरलाई प्रहरीले सेटिङवापतको २ लाख रुपैयाँ होटल वाल्टिक इनबाट लिएर फर्किँदै गर्दा पक्राउ गरेको थियो । अध्यागमनका कर्मचारीहरुमाथि छानबिन अघि बढेको बेला विमानस्थलमा कर्मचारीहरुले केहीअघि काम समेत रोकेका थिए ।

प्रहरीले अनावश्यक दुःख दिएको र आफूहरुको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै कर्मचारीले ज्ञापन पत्र समेत बुझाएका थिए । अनलाइन खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार