मुख्य समाचार
बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता |

आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदै

देश प्रदेश डेस्क 5373+ समाचार ( )
१६ चैत्र २०८१, शनिबार

चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । 

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । 

नेपाली सेनाका तर्फबाट यस दिन टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार