मुख्य समाचार
राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार |

नेपाल आज श्रीलंकासँग भिड्दै

देश प्रदेश डेस्क 5366+ समाचार ( )
३१ आषाढ २०८२, मङ्गलबार

झापा / यू–२० साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल आज श्रीलंकाविरुद्ध खेल्दैछ ।

बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे नेपाल र श्रीलंका आमनेसामने हुनेछन्।

नेपालले दुई खेलमा एक जित र एक हार बेहोरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो।

श्रीलंकाले भने आफ्ना सुरुका दुवै खेलमा हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० गोल अन्तरले पराजित भएको थियो।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ ।

डबल राउण्ड रोबिनका आधारमा खेलाइएको यो प्रतियोगितामा हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेल्नेछन् । शिर्ष स्थानमा रहने देश विजेता हुनेछ ।

नेपालले श्रीलंकापछि जुलाई १९ मा भुटानविरुद्ध र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार