मुख्य समाचार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित |

बिर्तामोडका पट्रोल पम्पका शौचालय दुर्गन्धित

देश प्रदेश डेस्क 5491+ समाचार ( )
२६ अशोज २०८०, शुक्रबार

झापा । बिर्तामोड नगरपालिकाले आज पेट्रोल पम्पहरुको अनुगमन गरेको छ ।  नगर उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा बजार क्षेत्रमा रहेका पम्पहरुको अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा अधिकांश पम्पहरुमा रहेका सार्वजनिक शौचालयहरु फोहोर रहेको पाईएको छ । सफा नगरिएको, पानीको व्यवस्थापन नभएको, पानी जमेको लगायतका समस्या रहेको पाईएको हो ।  नगरमा व्यवसाय नवीकरण नगरेको, मूल्यसूची सबैले देख्ने ठाउँमा नराखेको, मूल्यसूची परिवर्तन नगरेको, नागरिकले देख्नेगरि सार्वजनिक शौचालय लेखेको स्पष्ट बोर्ड नराखेको, अग्नी नियन्त्रक सामग्रीको म्याद गुज्रिएको लगायतका समस्या पम्पहरुमा फेला परेको नगर उपप्रमुख संग्रौलाले बताए ।

समस्या देखिएका पम्पहरुलाई ३ दिनभित्र आवश्यक कागजपत्र सहित नगरपालिकामा हाजिर हुन निर्देशन दिएको उपप्रमुख संग्रौलाले जानकारी दिए ।  अनुगमन टोलीले देखिएका समस्या समाधानका लागि सबै पम्प संचालकहरुलाई सुझाब दिएको छ । बसपार्कदेखि चारपानेसम्म रहेका पेट्रोल पम्पहरुको अनुगमन गरिएको हो । 

अनुगमनमा उप प्रमुख संग्रौला, वडाध्यक्षहरु अग्निप्रसाद पाण्डे, किशोर पौडेल, राहुल शर्मा, रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष मदनगोपाल सुव्वा, नगरपालिकाका राजश्व शाखा प्रमुख पदम घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतम, वडा सदस्य चेतन बिमली, कर्मचारीहरु शम्भु साह, दिपेश गणेशलगायत प्रहरी,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार