मुख्य समाचार
मोरङ कारागारका कैदीबन्दीको साढे १३ लाख भत्ता गायब, गुन्डा नाइके अभिषेक गिरी पक्राउ | दुर्गा प्रसाईले झापामा ल्याए धवल शम्सेर राणालाई | कांग्रेस नेता अभिषेक गिरी पक्राउ | रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी | झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ | भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले गरे बलात्कार | ‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा कन्काईकी अनुष्का प्रथम | रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित | बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित | झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित |

तराई–मधेशमा वैशाख २० सम्मै तातो हावा चल्ने

देश प्रदेश डेस्क 5246+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

झापा लुम्बिनी प्रदेशसहित तराईका विभिन्न भूभागमा अझै ५ दिनसम्म तातो हावा चल्ने भएको छ । आजदेखि २० गतेसम्म तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

लुम्बिनी, मधेशसहितका अधिकांश जिल्लामा केही दिनअघि बाटै ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको र यो तापक्रम अझै केही दिन नघट्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा भैरहवामा सर्वाधिक ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा नेपालगञ्जमा ४०.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दाङको घोराही, भैरहवा, विराटनगरमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ । महाशाखाका अनुसार तराईमात्रै नभएर पहाडी जिल्लाका खोंच तथा उपत्यकामा पनि तापक्रम बढ्ने अनुमान छ । दोलखाको जिरीमा पनि तातो हावा चल्न सक्ने महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले शनिबार ३८ डिग्रीभन्दा तल अधिकतम् मापन गरिएका मधेश सिरहा, सप्तरीलगायत जिल्लामा आज तापक्रम बढ्न सक्ने देखिएको उनले बताए ।

‘मधेश र पूर्वी तराईका केही जिल्लामा हिजो (शनिबार) बादल लागेको थियो । आज बादल हटेर तापक्रम बढ्ने देखिन्छ’, उनले भने, ‘अझै केही दिन तापक्रम घट्ने त्यस्तो संकेत देखिएको छैन ।’

हावाहुरीको पनि सम्भावना

लुम्बिनी, मधेश र कोशी प्रदेशका तराई भागमा आइतबार दिउँसोमात्रै नभएर साँझ पनि केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसमविद् अधिकारीले सुनाए ।

शनिबार गण्डकी र कर्णालीका उच्च पहाडी भागमा छिटफुट वर्षा भएको थियो । मौसमविद् अधिकारीले स्थानीय र पश्चिमी वायुको प्रभावले कोशी, गण्डकीका केही भागमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना छ । ‘अन्य ठाउँमा उल्लेख्य वर्षा गराउने त्यस्तै केही प्रणाली छैन’, उनले भने । अनलाइन खबरबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार