मुख्य समाचार
‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? | युवाको रगतले लेखिएको आन्दोलनको एक वर्षपछि, उपलब्धिको हिसाब कहाँ छ? | अमेरिका–इरान तनाव चर्किँदा होर्मुज जलडमरूमध्यमा तेल ढुवानी संकट, विश्व बजारमा बढ्यो चिन्ता | वैदिक सनातनद्धारा गीता पाठ तथा शोक सभा सम्पन्न |

धनकुटामा हावाहुरीले सदरमुकाममा ३६ घण्टादेखि विद्युत अवरुद्ध

देश प्रदेश डेस्क 5435+ समाचार ( )
४ चैत्र २०८२, बुधवार

झापा / धनकुटामा हावाहुरीले सरकारी कार्यालय, विद्यालय र निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ भने ३६ घण्टादेखि विद्युत अवराेध भएकाे छ ।

प्रहरीका अनुसार सोमबार राति चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर, गोठ तथा सार्वजनिक संरचनामा ठुलाे क्षति गरेर नोक्सानी भएको हो । त्यसैगरि छथर जोरपाटी क्षेत्रमा ३३ केभी प्रसारण लाइनको पोल ढल्दा धनकुटा बजार लगायत धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ ।

धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानप्रसाद महतोका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो ।

सरकारी कार्यालयहरु आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालय, निजामती र निजी घर गोठलगायतका संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा २५ लाख ५ हजार रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको महतो जानकारी दिए ।

उनका अनुसार हावाहुरीले आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालयमा १५ लाख ५० हजार क्षति भएको छ । यस्तै विद्यालयमा चार लाख र निजी घर तथा गोठमा पाँच लाख ५५ हजार रुपैयाँ बराबरको क्षति हुन पुगेको प्रहरीले तथ्याङ्क सङ्कलन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार