मुख्य समाचार
छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुबा पक्राउ | हल्दिवारी २ को भुसुडी खोला नियन्त्रणमा हचुवाको भरमा बजेट खर्च | देशकाे आर्थिक भार कम गर्न निर्वाचन आयाेगकाे प्रस्ताव | प्रहरी भनेर धम्क्याउँदै लुटपाटमा संलग्न मेचीनगरका दुई जना पक्राउ | स्थानीय शासन र सुशासनको धज्जी उडाउदै कचनकवल गाउँपालिका | रास्वपा मधेश अधिवेशन: विधिको कुरा गर्ने पार्टीभित्रै कुटाकुट र तालाबन्दीको श्रृंखला, अधिकांश जिल्लामा प्रक्रिया ठप्प | भुटानमा भूकम्प जाँदा पूर्वी नेपालमा पनि धक्का, फिलिपिन्समा शक्तिशाली भूकम्प | किचकबधमा नवौँ पटकको उत्खनन हुँदै, अहिलेसम्म के-के भेटियो ? | किमाथांकामा तीन दिनदेखि टेलिकमको फोरजी सेवा अवरुद्ध | नेपाल–भारत बीच तीन महत्त्वपूर्ण सम्झौता |

भोजपुरकी पाण्डेको अमेरिकामा गोली हानी हत्या

देश प्रदेश डेस्क 5174+ समाचार ( )
१३ भाद्र २०८१, बिहीबार

झापा नेपाली युवती मुना पाण्डेको अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा गोली हानी हत्या भएको छ ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेको उनकै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो ।

मुनालाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार साँझ ५ः३५ बजे ह्युस्टन प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्टभित्र धेरैवटा गोली लागेको अवस्थामा मृत फेला पारिएको बताएको छ ।

भोजपुरकी मुना सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत रहेको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जानकारी दिए । मुना सुरुमा नेपालबाट गएकी साथीसँगै बसेकी थिइन् । केही समययता भने एक्लै अपार्टमेन्टमा बस्थिन् ।

हाल काठमाडौंको काँडाघारीमा बसोबास गरिरहेकी मुनाकी आमा अनिता पाण्डेका अनुसार छोरीको हत्याबारे उनले मंगलबार बिहान खबर पाएकी थिइन् । मुना अनिताको एकमात्र छोरी थिइन् । अमेरिकाबाट खबर गर्नेले चार दिन पहिले नै उनको हत्या भइसकेको भन्ने जानकारी प्रहरीबाट प्राप्त भएको सुनाएका छन् ।
अनिताका अनुसार पछिल्लो समय मुनाले एक अमेरिकी श्वेत युवकसँग प्रेमसम्बन्ध रहेकोबारे परिवारलाई समेत सुनाएकी थिइन् । तर पछिल्लो अवस्थाबारे भने उनी स्पष्ट छैनन् । प्रहरीले शनिवार साँझ भएको सो हत्यामा संलग्न व्यक्तिको पहिचान भइसकेको बताएको छ । संलग्न व्यक्तिको तस्वीर सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार