मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

साढे २४ करोड रकम ठगी गर्ने गौरादहका विश्वकर्मा दम्पती कारागार चलान

देश प्रदेश डेस्क 5490+ समाचार ( )
how are you
३१ श्रावण २०८०, बुधवार

झापा । सर्वसाधारण जनताका साढे २४ करोड बढी रकम ठगी गर्ने एक दम्पतीलाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको छ ।झापा जिल्ला अदालतले मंगलबार गौरादह– १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । विश्वकर्मा दम्पतीलाई कारागार चलान गरिसकेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । उनीहरूलाई कडा सुरक्षाबीच कारागार पठाइएको थियो ।

गौरादहका चार सय ६६ जनाको २४ करोड ६५ लाख तीन सय ५५ हिनामिना गरेर फरार भएका व्यवसायी विश्वकर्मालाई प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो । प्रहरीले उनलाई पूर्वी नाका काँकडभिट्टाबाट नियन्त्रणमा लिएको थियो ।

उनले फरार हुनुअघि गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आर्थिक समस्यामा परेका कारण आफू फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएका थिए । पीडितहरूले उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता गरेका थिए । त्यसपछि प्रहरीले विश्वकर्मासहित उनकी श्रीमतीलाई पक्राउ गरी मुद्दा चलाएका थिए । सो ठगी धन्दामा संलग्न अन्य २ जना भने अझै फरार रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार