मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

झापा गाउँपालिकाको अठारौं गाउँसभा शुरु

देश प्रदेश डेस्क 5490+ समाचार ( )
७ आषाढ २०८२, शनिबार

झापा / झापा गाउँपालिकाको अठारौं गाउँसभा शुरु भएको छ । गाउँसभामा गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नवौं वार्षिक नीति तथा कार्यक्रम पेश भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले प्रस्तुत गरेकी थिइन् । झापा गाउँपालिकाले तयार गरेको प्रतिवेदनउपर प्रतिक्रिया दिँदै जनप्रतिनिधिहरुले जनमुखी, विकासमुखी र आर्थिकमुखी भएकोले पालिकाले ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताए ।

पालिकाले आफ्ना पालिकाका जनताको जीवनस्तर उकास्नको लागि मुख्य तीनवटा आर्थिक विकासका वुँदाहरुको खाका तयार गरेको छ । आर्थिक विकासतर्फ कृषि , पशु , वैक तथा वित्तीय संस्था , पर्यटन र वित्तीय व्यवस्थापन रहेका छन् ।
यसैगरी गाउँपालिकाले सामाजिक र साँस्कृतिक विकासतर्फ मुख्य चौधवटा नीतिलाई अगाडी सारेर बजेट तयार गर्ने निर्णय गरेको छ ।

सामाजिक र साँस्कृतिक विकासतर्फ शिक्षा , स्वास्थ्य , युवा तथा खेलकुद , खानेपानी तथा सरसफाई , महिला विकास , बालबालिका , ज्येष्ठ नागरिक , आदिवासी , जनजाति, दलित सम्वन्धी नीति , अपाङ्ग सम्वन्धी नीति , यौनिक,लैङ्गिक अल्पसंख्यक, खस , आर्य सम्वन्धी नीति , संस्कृति प्रवर्द्धन तथा सामाजिक उत्थान , सामाजिक मेलमिलाप तथा न्याय निरुपण, भूमि सम्वन्धी नीति र शान्ति सुरक्षा सम्वन्धी नीतिहरु रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार