मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

देश प्रदेश डेस्क 5496+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

झापा । नेपालले लाओसलाई विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा १–० ले पराजित गर्दै नेपाली फुटबललाई ठूलो राहत दिलाएको छ ।

लाओसको भियन्टाइनमा मंगलबार भएको खेलमा प्राप्त जितमा नेपालको लागि मनीष डाँगीले ५३ औं मिनेटमा निर्णायक गोल गरे ।यससँगै नेपालले दुई लेगको खेलमा समग्रमा २–१ को निर्णायक अग्रता लिन सफल रह्यो ।
काठमाडौंमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगिएको थियो । नेपाललाई दोस्रो चरण पुग्नका लागि जित्नै पर्ने दबाब थियो ।

त्यसैले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले सुरुदेखि आक्रामक रणनीति अपनाएका थिए । अञ्जनले नजिकको दूरीबाट दिएको पासमा मनीषले उत्कृष्ट ‘फ्लिक’ गर्दै गोल गरेका हुन् । मनीषले नेपालका लागि गरेको यो तेस्रो व्यक्तिगत गोल हो । उनले यसअघि इराक र माल्दिभ्सका लागि गोल गरेका थिए ।

छनोटको दोस्रो चरणमा प्रवेश गरेयता यो वर्षको अन्त्य र अर्को वर्ष नेपाली राष्ट्रिय टिम व्यस्त रहनेछ । नेपालले अब दोस्रो चरणमा समूह ‘एच’ मा खेल्नेछ । त्यस समूहमा यूएई, बहराइन र यमन रहेका छन् । अब समूहमा ‘होम एन्ड अवे’ आधारमा खेल हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार