भद्रपुरमा असोज १७ गते २ हजार भन्दा बढी मानिस दौडिने, पुरस्कार पाउन भद्रपुरबासी हुनु पर्ने

देश प्रदेश डेस्क 5156+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

झापा सकारात्मक मन स्वास्थ्य जीवन सहभागिताको अवसर सवैलाई, पुरस्कार मात्र भद्रपुरबासीलाई भन्ने मूल नाराकासाथ दोस्रो भद्रपुर रन प्रतियोगिता हुने भएको छ ।    
पछिल्लो समय समाजमा देखिएको अपराधिक क्रियाकलापलाइ न्यूनिकरण गर्ने उद्देश्यले भद्रपुर वडा कार्यालय ८ को आयोजनामा दोस्रो ‘भद्रपुर रन’ प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक समितिले आईतबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी गराएको हो ।

आयोजक समितिले दिएको जानकारी अनुसार भद्रपुर ८ स्थित सगरमाथा चोकबाट असोज १७ गते विहान ७ बजे सुरु हुने दौड प्रतियोगिता कार्यक्रममा महिला र पुरुष सहभागि भई सगरमाथा चोक , क्याम्पस मोड, एसपी मोडसम्मसँगै भएर र त्यसपछि चन्द्रगढी विमानस्थल ,शान्ति चोक, सशस्त्र प्रहरी क्याम्प ,गणेश मन्दिर, मेची प्रादेशिक अस्पताल, अस्पताल चोक हुदै पुनः सगरमाथा चोकसम्म ६ दशमलव १ किलोमिटर महिलाले दौडिने भएका छन् ।
त्यसैगरी पुरुष खेलाडी भने एसपी मोड हुदै रजत जयन्ती,जिल्ला प्रशासन कार्यालय , झापा कारागार, घोडामारा, शान्ति चोक , सशस्त्र प्रहरी क्याम्प ,जनता चोक,मेची प्रादेशिक अस्पताल, सङ्गम चोक, अस्पताल चोकबाट पुनः सगरमाथा चोकसम्म ८ दशमलव ८ किलोमिटर दौडिने भएका छन् ।
प्रतियोगितामा दुवै तर्फ प्रथम हुनेलाई ३१ हजार ,दोस्रोलाई २१ हजार, तेस्रो पुरस्कार ११ हजार, चौथो ५ हजार , पाँचौँलाई २ हजार ,छैठौँलाई १५ सय र सातौँ  देखि १० औँ स्थान हासिल गर्ने विजेताले दुवैतर्फ क्रमशः १ हजार नगद पुरस्कार पाउने उल्लेख छ । चौथो पुरस्कारसम्म तत्काल चेकको डमी दिइने र तीनदिनसम्म भद्रपुरवासी प्रमाणित भएपछि चेक सटही हुने नियम रहेको आयोजक समितिका संयोजक एवम वडा अध्यक्ष गौरब सुब्बा(मनोज)ले बताए । प्रतियोगितामा छनौट भएका खेलाडी भद्रपुरवासी प्रमाणित नभएका खण्डमा प्रतिस्प्रधीबाट एक तह बढ्दै आउने जनाइएको छ । रनमा जो सुकैले भाग लिए पनि पदक तथा पुरस्कार जित्न भद्रपुरकै बासिन्दा हुनु पर्ने नीति तय गरिएको समितिले जनाएको छ । भद्रपुरले कार्यक्रम आयोजना गर्ने अनि पुरस्कार चाही नगरवाहिर जाने भएकोले यो नियम ल्याइएको उनले बताए ।
नगरपालिकाको कर(रकम) नभएर स्थानीय उद्योगी, विभिन्न सङ्घसंस्था र नगरबासीको सहयोगमा सञ्चालन गर्न लागिएको उनको भनाई छ ।
   उपसमिति गठन
कार्यक्रम सफल पार्न विभिन्न उपसमिति गठन गरिएको छ । आयोजकका अनुसार गठित उपसमितिमा संयोजकसहित ५ जना सदस्य रहेका छन् । आर्थिकमा छितिज खवास, मञ्च व्यवस्थापनमा डिके सुब्बा, सञ्चारमा गोपाल गिरी, प्राविधिकमा गोपाल यादव, स्वास्थ्यमा केदार महत र निर्णयकमा गोपाल लिम्बूसहित तीनजना छनौट भएका छन् ।  
  

चारवटा क्षेत्रमा नाम दर्ता
रनमा भाग लिन १३ बर्षमाथि उमेर समूहले नाम दर्ता गर्ने नियम भएअनुसार भद्रपुरको ज्ञाने चोक, झापा चोक , सगरमाथा चोक र मेची रङ्गशालाबाट नामावली दर्ता भइरहेको छ । विद्यालयबाट प्रमाणित भएर आएको खण्डमा सहभागि शुल्क निःशुल्क गरिएको छ भने अन्यलाइ ५० रुपैयाँ नगद कायम गरिएको छ ।
 २७ वटा विद्यालयद्धारा नाम दर्ता



भद्रपुर रनमा हालसम्म २७ वटा विद्यालयले नाम दर्ता गराईसकेका छन् । विद्यालयबाट ६ सय १२ छात्र र २ सय ९४ छात्रासाथै ६५ जना शिक्षक कर्मचारी गरी ९ सय ७१ जनाले दाम दर्ता गराईसकेका छन् ।

दाताले नै विजेतालाइ पुरस्कार दिने
दाताले सहयोग गरेको रकम दाताकै हातबाट विजेतालाइ दिने घोषणा गरिएको छ । दाताले रकम सहयोग गर्ने तर, अन्य अतिथिमार्फत विजेतालाइ पुरस्कार दिनुभन्दा दाताले नै महशुस गर्ने गरी पुरस्कार दिने चलन बसाएको जनाइएको छ ।  
निर्णायक समितिले २० जना प्रतिस्प्रधीहरुको नाम राखेर क्रमागतका आधारमा विजेता छनौट गर्ने जनाइएको छ । कार्यक्रममा १० लाख रुपैयाँ खर्चहुने आयोजक समितिले अनुमान गरेको छ ।
रनमा २५ सय सहभागि हुने
प्रथम पटक आयोजना गरिएको भद्रपुर रनमा ९ सय ६४ जनाले सामूहिक दौड गरेकोमा यो पटक २ हजार देखि २५ सय सम्म सहभागि हुने अनुमान गरिएको छ । कार्यक्रमको विहानसम्म दर्ता खुला राखिएको समेत जनाइएको छ ।
प्रथम पटक २०७६ सालमा भद्रपुर रनको आयोजना भएको भए पनि विभिन्न कारणले रोकिएको रन अब भने हरेक वर्ष घटस्थापनाकै दिन सम्पन्न गर्ने गरी कोष खडा गरेरै अगाडि बढिएको संयोजक सुब्बाले बताए । भद्रपुर क्षेत्रलाई सक्रिय वनाईराख्न विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन हुदै आइरहेको उनले जनाए ।








प्रतिक्रिया

rajbabu shanker १४ अशोज २०८१, सोमबार

प्रेस क्लब–भद्रपुरबाट ‘मिडिया कप–२०८१’ मा सहभागिता जनाउने फूटबल टिमलाई ‘भद्रपुर रन’का संयोजक एवम् वडाध्यक्ष मनोज सुब्बाजीले सोही कार्यक्रमका बीच सौजन्यस्वरुप उपलब्ध गराउनुभएको जर्सी र हाफ पेन्टको चैं समाचार नबन्दो रैछ ! आफ्नै संस्था लाभार्थी बनेको समाचार पनि बाइपास ? बडो अचम्म लाग्यो, मलाई ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार