मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

प्रहरीको नाममा रकम असुल्दै हिँड्ने युवक पक्राउ

देश प्रदेश डेस्क 5437+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

झापा / प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिहरूबाट रकम असुल गर्ने कार्यमा संलग्न एक युवकलाई सुनसरी प्रहरीले पक्राउ गरेकाे छ ।

सुनसरीकाे इनरुवा नगरपालिका–९ निवासी ३० वर्षीय पवन मेहेताले आफू जिल्ला प्रहरी कार्यालय सुनसरीमा सादा पोशाकमा खटिएको कर्मचारी हुँ भन्दै सर्वसाधारणलाई धम्की दिई रकम असुल गर्दै आएको सूचनाको आधारमा पक्राउ गरेकाे हाे ।

प्रहरीको टोलीले उनलाई साउन ८ गते साँझ ७:०० बजेकाे समयमा भोक्राहा नरसिंह गाउँपालिका–५, चप्राहा क्षेत्रबाट को १५ प ८८७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

उक्त कार्यमा संलग्न रहेकाले उनलाई अस्थायी प्रहरी पोस्ट पोखरीचोक तथा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

हाल यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै