मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

काँकडभिट्टामा बोलेरो गाडीबाट १२ लाख मूल्य बराबरको सुपारीसहित चालक नियन्त्रणमा लिइ राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइयाे

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

झापा । झापाको काँकडभिट्टाबाट सवाँ १२ लाख मूल्य बराबरको सुपारी बरामद गरिएको  छ । राजस्व छली गरेर सुपारी ओसार पसार हुदै गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी भिम बहादुर लामाको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पौने २ बजे मेचीनगर नगरपालिका ६ स्थित भट्टराइ चोकबाट सामान बरामद गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार इटाभट्टाबाट काँकडभिट्टा तर्फ जादै गरेको प्रदेश  १–०१–००१ च ७१२५ नम्बरको पिकअप बोलेरोमा चेकजाँच गर्दा भिसिटिएस पान बिलमा १२ लाख २५ हजार बराबरको बिल भएपनि आधिकारिक भिसिटिएस अनलाइन बिल नभएको फेला परेपछि सामानसहित गाडी नियन्त्रणमा लिएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उल्लेखित गाडीमा नेपालमा उत्पादित उसिनेको ५३ वटा बोरामा रहेको २३ सय ७८ किलो सुपारी बरामद गरिएको उनले जनाए । घटनापछि बोलेरो चालक झापा बुद्धशान्ती ३ का ४१ बर्षीय युवराज उप्रेतीलाइ समेत नियन्त्रणमा लिइ गाडीसहित बरामद गरिएको सुपारीलाइ आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको  उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार