मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

सहारा नेपालका कर्मचारीलाई अभद्र व्यवहार गर्ने दुई महिला पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

झापा / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का कर्मचारीलाई जुत्ताको माला लगाई अभद्र व्यवहार गरि फरार भएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

एक महिनाभन्दा बढी समयदेखि बेपत्ता भएका उनीहरु गएराति पक्राउ परेका हुन् । मोरङ मिक्लाजुङ–२ बस्ने दुर्गामाया लिम्बू र माया मगरलाई प्रहरीले पक्राउ गरेको हो । अभद्र व्यवहारको कसुरमा आज अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

घटना भएको भोलिपल्ट इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी पर्नासाथ पक्राउ गर्न प्रहरी टोली खटाइएपनि उनीहरु फेला परेका थिएनन् । गत असार २९ गते दिउँसो करिव १ बजे सहारा नेपाल साकोसको मधुमल्ला सेवाकेन्द्र प्रमुख रमेश राई र कर्मचारी सुशिला लामिछानेलाई दुर्गामाया र मायाले दुव्र्यवहार गरेका थिए । कागजपत्र तयार गरी घरमै कर्जा नवीकरण गर्न बोलाएका ती महिलाहरुले सहारा नेपालका कर्मचारीलाई जुत्ताको माला लगाइदिएका थिए ।

साथै सेवाकेन्द्र प्रमुखलाई हातपात गरी भिडियो बनाई सामाजिक संजालमार्फत कर्मचारीको चरित्र हत्या गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार