मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

माेरङमा स्थानीयवासीद्वारा ‘अक्पाल प्लान्ट’ हटाउन माग

देश प्रदेश डेस्क 5450+ समाचार ( )
३० मंगशिर २०८२, सोमबार

झापा / माेरङकाे कानेपोखरी गाउँपालिका–५ मा सञ्चालित अक्पाल प्लान्ट (अलकत्रा पोल्ने मेसिन) बाट फैलिएको प्रदूषणका कारण गाउँबस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले प्लान्ट तत्काल स्थानान्तरण गर्न माग गरेका छन् ।

बस्ती, खोला र विद्यालय नजिकै अक्पाल प्लान्ट राखेपछि समुदाय प्रभावित भएका छन् ।

स्थानीय वृद्धवृद्धाहरु अक्पाल प्लान्ट सञ्चालन हुँदा गाँउ छाडेर आफन्तको तिर जान बाध्य भएको सचेत नागरिक समूहका अगुवा आनन्द राईले बताए ।

उक्त प्लान्टले मानव स्वास्थ्य, पशुपन्छी तथा पर्यावरणमा गम्भीर असर पुर्‍याएको उनीहरुको गुनासो छ । प्लान्टबाट निस्कने धुवाँ, धुलो र अन्य प्रदूषणतत्वका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको र पशुपन्छी समेत प्रभावित भइरहेको सो समूहका सचिव नवीन राईले बताए ।

सम्बन्धित स्थानीय तहसँग अनुमति नलिएको कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले बताइन् । उनले भनिन, “स्थानीयवासी तीन/चार पटक ‘डेलिगेसन’ लिएर आउनुभयो, समस्या देखिएको छ । अब यो विषयमा आगामी कार्यपालिकामा छलफल गरिनेछ ।”

सो प्लान्ट पहिले देखिनै सञ्चालनमा रहेकाले गाउँपालिकाले सिधै बन्द गराउन नमिल्ने यादवको भनाइ छ । सचेत नागरिक समूहका अगुवा आनन्द राईका अनुसार विएण्डवि कन्स्ट्रक्सनले २०७८ सालमा उक्त क्षेत्रमा अक्पाल प्लान्ट स्थापना गरेको हो ।

बस्तीबाट करिब ५० मिटरको दूरीमा रहेको यस प्लान्टले निरन्तर प्रदूषण फैलाउँदा वातावरणमै असर परेकाले स्थानीयवासीले हटाउन माग गरेका हुन् ।

सम्बन्धित निकायले समस्या गम्भीरतापूर्वक नलिएमा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार