मुख्य समाचार
झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन |

झापामा ३ वटा बोर्डर आउट पोष्ट( बिओपी) उद्घाटन

देश प्रदेश डेस्क 5334+ समाचार ( )
१७ माघ २०८०, बुधवार

झापा । सशस्त्र प्रहरी बल नेपालले झापा जिल्लाको तीन स्थानमा बोर्डर आउट पोष्टको उद्घाटन गरेको छ ।

कचनकवल गाउँपालिका वडा नं.५ मा पर्ने  बिओपी डाँगीबारी, गौरीगंज गाउँपालिका वडा नं. ४ काे त विओपी अल्ताबारी तथा गौरीगंज गाउँपालिका वडा नं. २ मा रहेकाे  बिओपी लालमाटीमा स्थापना गरिएका बिओपीको एकै ठाउँबाट उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवं कोशी प्रदेश सभा सदस्य हिक्मतकुमार कार्की, गौरीगंज गाउँपालिका अध्यक्ष फुलवती राजवंशी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक किशोर श्रेष्ठ, नं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोखरेल, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु र नेपाली कांग्रेस जिल्ला सभापति देउमान थेबे, विभिन्न संघसंस्था र राजनीतिक दलका प्रतिनिधिहरु, संचारकर्मी, स्थानीय वडा अध्यक्षहरु, सीमा सहजीकरण समितिका पदाधिकारीहरु, समामाजसेवी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो।

बिओपी लालमाटीको लागि निःशुल्क ७ कठ्ठा जग्गा प्रदान गर्ने बिनिता नेम्बाङ लिम्बू, बिओपी आल्ताबारीको लागि निःशुल्क ५ कठ्ठा जग्गा प्रदान गर्ने बबिताकुमारी साह तथा बिओपी डाँगाबारीको लागि निःशुल्क ७ कठ्ठा जग्गा प्रदान गर्ने उपेन्द्रप्रसाद आचार्यलाई कदर–पत्र प्रदान गरिएको थियो ।त्यस्तै बिओपी स्थापना गर्न सहयोग पुर्याउने गौरीगंज गाउँपालिका, कचनकवल गाउँपालिका तथा गौरीगंज गाउँपालिका वडा न.२ र ४ कार्यालय, कचनकवल गाउँपालिका वडा न. २ कार्यालय एवं विभिन्न व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

झापा जिल्लाको शान्ति सुरक्षा, सीमा अतिक्रमण, सीमा अपराध नियन्त्रण, सीमा ईलाका र सीमा स्तम्भहरुको रेखदेख तथा राजश्व संकलन, चोरी, अबैध निकासी पैठारीमा नियन्त्रण गरी राजश्व अभिबृद्धि र बिभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्लाको सीमा ईलाका ४ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र १७ वटा बिओपीहरु तैनाथ रहेको छ । अन्य विभिन्न स्थानहरु १५ वटा बिओपीहरु स्थापना गर्नको लागि प्रस्ताव गरिएको छ । सीमासंग सम्बन्धी सम्पूर्ण गतिविधि तथा क्रियाकलापहरु सीमा स्तम्भहरुको अभिलेखीकरण, सुरक्षा, मर्मत–संभार, दशगजा अतिक्रमण नियन्त्रण लगायतका कार्यमा सशस्त्र प्रहरी बल नेपालले प्रभावकारी ढंगबाट सम्पादन गर्दै आएको नं २ गण हेडक्वार्टर, झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिए ।
सीमा सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने सरकारको लक्ष्यअनुरुप विभिन्न चरणहरुमा गरी नेपालको अन्तर्राष्ट्रिय सीमानामा सशस्त्र प्रहरी बल, नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्मसहित बोर्डर आउट पोष्टहरुको संख्यालाई ५०० वटा पुर्याउने योजना अनुसार बोर्डर आउट पोष्टहरुको स्थापना गरिएको हो। हालसम्म भारत र चिनतर्फ गरी देशभर २५० भन्दा बढी बोर्डर आउट पोष्टहरु स्थापना भईसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार