मुख्य समाचार
बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता |

एमालेले पहिलो पार्टी बन्छः केपी शर्मा ओली

देश प्रदेश डेस्क 5373+ समाचार ( )
५ फाल्गुन २०८२, मङ्गलबार

झापा प्रतिनिधि सभा सदस्य पदका लागि एमालेबाट उम्मेदवार बनेका झापा क्षेत्र नम्बर ५ का  केपी शर्मा  ओलीले जतिसुकै विरोध गरे पनि एमाले पहिलो दल बन्ने बताएका छन् । ओलीले मंगलबार झापा ५ का मतदातासँग कुराकानी गर्दै जतिसुकै विरोध गरे पनि एमाले पहिलो दल बन्ने बताएका हुन् ।ओलीले एमालेलाई सिध्याउन देशमै आगो लगाएको टिप्पणी गरेका छन् ।

देशमा अराजकता र आतंक मच्चाउनेले नेपाली हुँ भन्न पनि सरम मान्नुपर्ने ओलीले बताए । ‘आगजनी गर्नु, अरूको सम्पत्ति आगजनी गर्नु, सार्वजनिक सम्पत्ति, राज्यको सम्पत्ति आगजनी गर्नु, तोडफोड गर्नु, लुटपाट गर्नु, नेपाली हुँ भन्ने मान्छेलाई सरम हुनुपर्दछ,’ ओलीले भने ।

देशमा आगजनी र लुटपाट मच्चाउनेहरू देशका दुस्मन र आतंककारी भएको पनि ओलीले टिप्पणी गरे । ‘जसले जलाए, ती देशका दुस्मन हुन्, ती आतंककारी हुन् । जसले सिंहदरबार जलाए, जसले संसद् भवन जलाए, सर्वोच्च अदालत जलाए’, ओलीले भने ।

देशका सम्पत्ति जलाएर क्रान्ति नहुने बताउँदै उनले भएका विकास निर्माण जलाउनेले देश बनाउन नखोजेको दाबी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै