मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

बृद्धबृद्धा बस्ने टहरा जल्दा श्रीमतीको मृत्यु ,श्रीमान घाइते

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२४ कार्तिक २०८०, शुक्रबार

झापा झापाको बुद्धशान्ति– ३ को सिमाना नजिक अर्जुनधारा– १० मा गएराति आगलागी हुँदा श्रीमतीको जलेर मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

राति ८.४० बजेको समयमा अर्जुनधारा १० बस्ने शिवकुमार राईको टाटी बेरा र टिनको छाना भएको घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट उनकी श्रीमती ७५ वर्षीया दिलकुमारी राईको जलेर घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै ७३ वर्षीय शिबकुमार राईसमेत जलेर घाइते भएका छन् । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । दुबै खुट्टा पिल्सिएका राईलाई बीएण्डसीमा सामान्य उपचार गरी शनिश्चरे अस्पताल शनिश्चरेमा रेफर गरिएको छ ।

आगलागीबाट अन्नपात, कुखुरा र घर पूर्ण रुपमा जलेर नष्ट हुँदा ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । आगो प्रहरी र स्थानीयबासीको सहयोगमा राति ९.४५ बजे निभाइएको थियो । त्यस टहरामा राई दम्पत्ति बसेका थिए । आगलागीको कारण थाहा हुन नसकेको डीएसपी रिजालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार